IMG-LOGO

महिला हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रम 

 मंगल, मंसिर १६, २०७७  ---


बनेपा, 
    महिला शक्ति विकास केन्द्र नेपालको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा आयोजित महिला नेतृत्व विकास कार्यक्रमको सामाजिक परिक्षण शुक्रबार धुलिखेलमा सम्पन्न भयो । धुलिखेल नगर उपप्रमुख बिमला शर्माको प्रमुख आतिथ्यता कार्यक्रमको सभापतीत्व गोमा गोलेले गर्नु भएको थियो । हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति समाज सबैको एक्यबद्धता भन्ने मुल नाराका साथ महिला शक्ति विकास केन्द्र नेपाल अन्तरगत धुलिखेल–८ बडालगाउँ र ११ नम्बर वडामा गठन भएका महिला समूहले कार्यक्रमको आयोजना गरेको हो । संस्थाले सिन्धुपाल्चोक, काभ्रे, रुकुम र कैलाली लगाएतका १० जिल्लामा महिलाको क्षमता, सिप विकास, नेतृत्व विकास तथा महिलाहरुको आय आर्जनको कार्यक्रम गर्दै आएको संस्थाको क्षेत्रीय संयोजक श्रृजना प्याकुरेलले बताउनु भयो । प्रमुख अतिथि विमला कुमारी चौलागाई शर्माले धुलिखेल नगरपालिकाले महिलाहरुको क्षमता विकास, आयआर्जनसँग सम्बन्धीत रहेर कार्यक्रम अघि बढाएको बताउनु भयो । महिला विरुद्ध हुने हिंसा रोक्न चेतनामुलक कार्य र महिलाहरुको नेतृत्व विकासमा सहयोग पु¥याएकोमा महिला शक्ति विकास केन्द्र नेपाल अन्तरगत गठन भएका धुलिखेल ८ र ११ वडाका महिला समूहहरुले महिला वर्ग, समाजमा पछाडि परेका वर्गको हक हितमा कार्य गरेकोमा आफू हर्षित भएको धुलिखेल नगरकी उपप्रमुख शर्माले बताउनु भयो । त्यस्तै पिछडिएका वर्ग सबैको जीवनमा आर्थिक उन्नतीको लागि नगरपालिका र संस्थासँग हातेमालो गरेर अघि बढ्ने बताउनु भयो । जिल्ला समन्वय समिति काभ्रेकी सदस्य गिता सुनार, धुलिखेल नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सुवेदी समाजसेवी साधुराम वडाल लगाएतले मन्तव्य राख्नु भएको थियो । नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष रमेश प्रसाद न्यौपानेले समाजमा पछाडि पारिएका, पछि परेका र अल्प संख्यक त्यस्तै गरी गरिव विपन्न वर्गको जीवनमा हासो र खुसी ल्याउने खालका आय आर्जन वृद्धि गर्ने कार्यक्रम प्रभावकारी ढङ्गबाट निरन्तर अघि बढाउन स्थानीय सरकार र सम्बन्धीत वडा कार्यालयहरुले गहन जिम्मेवारी बोध गर्नु पर्ने धारणा राख्नु भयो । महिलाहरुको क्षमता विकाससँग सँगै नेतृत्व विकास गरी चेतना मुलक र जागरुक कार्यक्रम सञ्चालन गरी सबै खालका हिंसाजन्य कार्यको अन्त्यका लागि महिला पुरुष दुबैको एक्यबद्धता आवश्यकता रहेको महासंघ काभ्रेका उपाध्यक्ष न्यौपानेले बताउनु भयो । मानव अधिकार कर्मी एवं नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष समेत रहेको भोजराज तिमल्सिनाले संस्थाले गरेको गति विधि उपलब्धीको सवालमा उपस्थित महिला तथा सज्जन वृन्तलाई आस्वस्थ्य पार्नु भएको थियो । महिला तथा बालबालिकाहरुको वृहत्तर हित, महिलाहरुको वृद्धि विकास, चेतना विकासमा उल्येखनीय उपलब्धी हाँसिल गर्ने गरी हरेक वर्ष नीति, कार्यक्रम र योजना पारित गरी सञ्चालन गर्नु पर्ने सुझव दिनुभयो । समाजमा घटेका यौनजन्य हिंसा, बलात्कार करणी जस्ता अपराधका घटनाहरु नजिकको प्रहरी कार्यालयमा चाँडो भन्दा चाँडो दर्ता गराउनु पर्ने कुरा जिल्ला प्रहरी कार्यालय धुलिखेलकी महिला सेल प्रमुख सिता श्रेष्ठले जानकारी गराउनु भयो । यौनजन्य बलात्कार जस्ता जगन्य अपराधका घटनाहरु न्यायिक समितिले हेर्न नमिल्ने महिला सेल प्रमुख श्रेष्ठले बताउनु भयो । धुलिखेल नगरपालिका महिला परिषदकी कार्यकारी उपाध्यक्ष लालतारा अधिकारीले स्वागत मन्तव्य दिदैँ धुलिखेल नगरपालिका तथा समग्र जिल्लाको महिला हिंसाको सवालमा प्रस्ट पर्नु भएको थियो । थाइल्याण्डमा यौन जन्य क्रियाकलाव गर्न क्लव खोल्न बैधानिक रुपमा सरकारले स्वीकृति दिने गरेको उल्येख गर्दै नेपालमा त्यो  अवस्था नरहेको बताउनु भयो । नेपालीहरुको धर्म संस्कार नै नारीहरुलाई भगनती, देवीको प्रतिकको रुपमा लिइने भए पनि २१ औँ सताव्दीमा समत महिला हिंसा, बलात्कारका घटनाहरु न्यूनिकरण भन्दा बढ्दो क्रममा रहेकोले हिंसा विरुद्धको सचेतना आवश्यकता रहेको बताउनु भयो । चालु आर्थिक बर्षको प्रथम चौमासिकमा काभ्रे जिल्लमा १ सय ३३ घरेलु हिंसा, २१ वटा सामाजिक हिंसा, २४ वटा बलात्कारका घटनाहरु घटेका जानकारी गराइएको थियो । कार्यक्रमको सहजीकरण धुलिखेल ८ र ११ वडा को संस्थाकी मुख्य संयोजक पार्वती केसीले गर्नु भएको थियो ।  
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्