IMG-LOGO

फलाटेको प्रहरी चौकी उद्घाटन

 मंगल, मंसिर १६, २०७७  ----

बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले शान्ति सुरक्षा बिना समृद्धि असम्भव रहेको बताउनुभएको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा न ७ को फलाटेमा बनेको नवर्निमित प्रहरी चौकी भवनको उद्घाटन गर्दै उहाँले बागमती प्रदेश सरकारले प्रदेशका १० जिल्लाका ४७ प्रहरी भवन निर्माण गरिरहेको र अझै अपुग भएका ३७ भवन थपका लागि कार्य अगाडि बढाइरहेको जानकारी दिनुभयो । बागमती प्रदेश सासंद लक्ष्मण लम्सालले विकास निर्माणको कार्यले निरन्तरता पाइरहेको भन्दै जनतामाझ गरेका बाचाहरु पुरा गरेरै छाड्ने बताउनुभयो । प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख डिआजी बसन्तकुमार लामाले बाग्मती प्रदेश सरकारले एकै बर्षमा ४७ ओटा संरचना निर्माणधिन रहेको र ३७ ओटाको लागी बजेट व्यवस्थापन गरिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक रविकुमार पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा जग्गा उपलब्ध गराउने तथा भवन निर्माणमा सहयोग गर्नेहरुलाई मन्त्री जम्कट्टेलले प्रमाणपत्र दिएर सम्मान गर्नुभएको थियो । वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दुई करोड ३१ लाख ७० हजार ७२२ रुपैया सहयोगमा ३ रोपनी क्षेत्रफलमा भवन निर्माण सम्पन्न भएको प्रदेश प्रहरी भौतिक पुर्वाधार शाखाका प्रहरी निरीक्षक बिमलादेबी श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, भुम्लु गाउँपालीका अध्यक्ष गुमानध्वज कुँवर, उपाध्यक्ष कल्पना श्रेष्ठ, लगाएत स्थानियहरुको उपस्थित रहेको थियो । 
। 
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्