धुलिखेल÷शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति
गिरिराजमणि पोखरेलको अध्यक्षतामा काठमाडौँ विश्वविद्यालय सभाको ८७ आ
बैठक विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा सम्पन्न भयो । बैठकमा उपकुलपति प्रा. डा.
रामकण्ठ माकजू श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने रजिस्ट्रार प्रा. डा. सुबोध शर्माले प्रस्तावहरू प्रस्तुत गर्नुभएका थियो । बैठकमा आ. व. २०७७÷७८ का
लागि केन्द्रीय कार्यालय र ६ वटा स्कुलका १ अर्ब ४९ करोड र स्कुल अफ मेडिकल साइन्सेज र अस्पताल सेवाको २ अर्ब २१ करोड गरी कूल ३ अर्ब ७० करोड रुपियाँको वार्षिक बजेट प्रस्तुत गरिएकोमा त्यसलाई स्वीकृत गरियो भने आ. व. २०७५÷७६ को लेखापरीक्षण प्रतिवेदन पनि पारित गरियो । काठमाडौँ विश्वविद्यालयका आ. व. २०७६÷७७ को लेखापरीक्षण गराउन पीपी प्रधान एन्ड कम्पनीलाइ
लेखापरीक्षक नियुक्त गर्ने पनि बैठकमा निर्णय गरियो । काठमाडौँ विश्वविद्यालय सभामा यसअघि मनोनयन गरिएका सदस्यहरूको कार्यकाल समाप्त भएकाल सम्बन्धनप्रदत्त कलेजका तर्फबाट प्रा. डा. चन्दा कार्की, चन्दादाताहरूमध्येबाट
राजेन्द्र खेतान र राजीव राजभण्डारी तथा लब्धप्रतिष्ठित विद्वान्हरूमध्येबाट डा. बालगोपाल वैद्य, डा. तीर्थबहादुर श्रेष्ठ, रामेश्वर खनाल, डा. स्वर्णिम वाग्ले र विष्णुबहादुर कार्की एव उद्योगपतिहरूमध्येबाट ज्ञानेन्द्रलाल प्रधान र विषयगत सङ्कायको वर्णानुक्रम अनुसार स्कुल अफ इन्जिनियरिबका शिक्षकहरूमध्येबाट प्रा. डा. विवेक बराललाई विश्वविद्यालय सभाका सदस्यमा ३ वर्षका लागि मनोनयन गने निर्णय समेत गरेको छ । सभामा कोभिड — १९ ले ल्याएको अवस्था र काठमाडौ
विश्वविद्यालयको भावी कार्यक्रमका विषयमा जानकारी गराउन काठमाडौ विश्वविद्यालयद्वारा निर्मित सब्क्षिप्त वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।
