बनेपा, धुलिखेल नगरपालिका वडा नं ९ काभ्रे भञ्ज्याङ्गमा सरकारी अस्पताल बन्ने भएको छ । संघीय सरकारको देशभरका ७ वटै प्रदेशको ३ सय ९६ स्थानीय तहमा १५ शैयाको अस्पतालको सरकारका प्रमुखहरुले शिलान्यास गरेको छ । ग्रामीण भेगमा नागरिकहरुलाई स्वास्थ्य सेवा प्रभावकारी रुपमा पु¥याउन हिजो एकै दिन शिलान्यास गरेको हो । धुलिखेल नगरपाकिाले काभ्रे स्वास्थ्य चौकीलाई नै परिमार्जीत गरेर काभ्रे अस्पताल काभ्रे भञ्ज्याङ्गको भिम्सेन थुम्का मुनी ३ रोपनी जग्गामा बन्ने भएको हो । हिजो एक कार्यक्रम बिच नगर प्रमुख अशोक कुमार व्याञ्जुले शिलान्यास गर्नुभयो । धुलिखेल वडा नं ९ का वडा अध्यक्ष बसन्त रान.... सभापतित्वमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, स्वास्थ्य कार्यालय काभ्रेका कार्यालय प्रमुख डा. नरेन्द्र कुमार झा, धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, काभ्रे स्वास्थ्य चौकीका इन्चार्ज ब्रम्ह शाह नगपालिका कार्य पालिका सदस्य वडा अध्यक्षहरु लगाएतको आतिथ्यता रहेको थियो । काभ्रे अस्पताल १८ करोडको डिपी आर तयार भएको इन्जीनीयर रोजन ताम्राकारले बताउनुभयो । काभ्रेका धुलिखेल नगरपालिकाको काभ्रे स्वास्थ्य चौकी १५ शैया, खानीखोला गाउँपालिकामा भुम्लुटार स्वास्थ्य चौकी १० शैया, महाभारत गाउँपालिकाको घर्तिछाप स्वास्थ्य चौकी १० शैयाको र रोशी गाउँपालिकाको खहरे पाँगु स्वास्थ्य चौकी १० शैयाको स्तर उन्नती सहित ख वर्गको अस्पताल बन्ने भएको छ ।
