नेपाल पत्रकार महासंघ काभ्रे शाखाको २८ औँ स्थापना दिवसको अवसरमा आगामी पौष २ गते साधारण सभा गर्ने निर्णय गरेको छ । महासंघ काभ्रेशाखाको ३९ औ बैठकले उक्र निर्णय गरेको हो । साधारण सभाको प्रमुख अतिथि केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले गर्नु हुने छ । बनेपाको पञ्चकन्या बैन्क्युट सम्पन्न हुने साधारण सभामा कोभिड–१९ प्रकोपलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड कायम गरी साधारण सभा गरिने महासंघ शाखा अध्यक्ष मोतिराम तिमल्सिनाले बताउनु भयो । साधारण सभाकै दिन काभ्रेटाइम्स साप्ताहिकका प्रधान सम्पादक समेत रहेका स्वर्गीय भरतराज श्रेष्ठ पत्रकारीता पुरस्कार कोषबाट सञ्चारकर्मीलाई सम्मान गरिने छ । हरेक अधिवेसनमा सम्मान गरिदैँ आएको भरतराज श्रेष्ठ पत्रकारीता पुरस्कारबाट सम्मन गर्न नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष एवं सल्लाहकार भोला थापाको अध्यक्षतामा राजाराम कार्काी र रमा दाहाल रहेको समिति गठन गरेको छ । महासंघले कार्यकाल भित्र भए गरेका गतिविधि सदस्यहरु बिच पु¥याउन निर्णय पुस्तिका प्रकाशन गर्ने, आर्थिक तथा बार्षिक प्रतिवेदन प्रकाशित गर्ने निर्णय गरेका महासंघ काभ्रे शाखा सचिव नगेन्द्र अधिकारीले जानकारी दिनु भयो ।
