IMG-LOGO

नमोबुद्धमा कृषि सामाग्री सहयोग

 मंगल, पौष १९, २०७९  --

 

      भकुण्डेवेशी÷ नमोबुद्ध नगरपालिकाले ५ जना कृषक, कृषि फर्म तथा सहकारीलाई विभिन्न कृषि सामाग्री वितरण गरेको छ । नमोबुद्ध नगरपालिकामा सञ्चालित फलफुल तथा तरकारी मुल्य श्रृंखला विकास परियोजना (भिसिडिपी)को आर्थिक सहयोगमा प्लाष्टिक टनेल, प्लाष्टिक पोखरी, थोपा सिँचाई सेट, मल्चिङ प्लाष्टिक, क्रेट लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।

      छनोट भएका लाभग्राहीलाई कृषि शाखाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख कुनसाङ लामाले सामाग्री हस्तान्तरण गर्नुभयो । नगर प्रमुख लामाले अनुदान पाउने कृषकलाई कृषि उत्पादनमा अझै राम्रो काम गर्न अनुरोध गर्दै काम भए÷नभएको अनुगमन गर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले कृषकले राम्रो उत्पादन गर्दै गए पुरस्कृत गर्ने बताए । नगरपालिकाको कृषि समितिका संयोजक रहेका वडा नं ३ का अध्यक्ष रमेश तिवारीले कृषक लाभान्वित र प्रोत्साहित हुने विभिन्न कार्यक्रम तय गरिएको बताए ।

      कृषि शाखाका प्राविधिक सहायक नविन अधिकारीका अनुसार, परियोजना अन्तर्गत वडा नं २, ५ र ८ मा बासको प्लाष्टिक टनेल, मल्चिङ प्लाष्टिक, ड्रिप सेट र प्लाष्टिक पोखरी निर्माण कार्यक्रम सञ्चालित छ । परियोजना सुहाउँदो हावापानी, भुगोल र खेती गर्ने कृषक छनोट गरेर सामाग्री वितरण गरेको अधिकारीले जानकारी दिए ।

 

 

सञ्जीवनी माविको ७३ औँ वार्षिककोत्सव

      सञ्जीवनी नमुना माध्यमिक विद्यालय धुलिखेलको ७३ औ बार्षिकोत्सव समारोह शनिबार भव्यताका साथ सम्पन्न भएको छ । धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेदप्रसाद कोजुको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमखु ब्याञ्जुले धुलिखेल नगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगार, गरिवी न्यूनिकरण, पार्क तथा अन्य पूर्वाधारका क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउनुभयो ।  +२ तह र स्नातक तहमा अध्ययन गर्ने धुलिखेल नगरबासीहरुलाई पूर्ण रुपमा निशुल्क र स्नातक तहमा अध्ययन गर्ने अन्य पालिका तथा जिल्लाका विद्यार्थीहरुका लागि ५० प्रतिशत छुट उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । विद्यालयका सह–प्रधानाध्यापक पवन प्रधानले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा प्रधानाध्यापक लोकेन्द्र ढकालले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सबै विद्यार्थीको सिकाई उपलब्धी न्यूनतम जिपिए २.५ पु¥याउने, विद्यालयलाई विग स्कुलको रुपमा संचालन गर्ने, कक्षागत रुपमा स्मार्ट बोर्डको ब्यवस्था गरी आईसीटी मैत्री विद्यालयको रुपमा विकसित गर्ने, बोटानिकल गार्डेन प्रयोगमा ल्याउने, सुविधासम्पन्न छात्राबास प्रयोगमा ल्याउने जस्ता योजनाहरु रहेको विद्यालयले जनाएको छ । शिशु कक्षा देखि १२ सम्म १ हजार २ सय ८ जना बालबालिकाहरु अध्ययनरत रहेको उक्त विद्यालयको वार्षिकउत्सव कार्यक्रममा धुलिखेल नगरपालिका शिक्षा शाखा प्रमुख भोजकुमार ठकुरी, शिक्षक अभिभावक संघका अध्यक्ष डिल्ली रेग्मी, वडा अध्यक्षहरु रोमीप्रसाद ब्याञ्जु, सञ्जय कोँजु, बद्रिप्रसाद हुमागाई, पुर्व प्रधानाध्यापक सानुकाजी महत, लेखा तथा प्रशासन प्रमुख श्रीओम ब्याञ्जु लगायतले विद्यालयका बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो । विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन दिएको उक्त कार्यक्रममा पूर्व शिक्षक तथा कर्मचारी सम्मान, दिर्घसेवी शिक्षकहरु तथा प्रअहरुलाई सम्मान गरिएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्