बनेपा,
प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले सरोकार वालासँग छैठौँ चरणको अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न गरेको छ । दिगो शान्तिका लागि उन्नत सम्बन्ध स्थापित गर्न जल, जङ्गल र जमिनसँग सम्बन्धीत रहेर भए गरेको विवादलाई निरुपण गरी सम्मुनत समाज निर्माण गर्न भूमिका खेल्दै आएको क्षेत्रीय संयोजक रिता मानन्धरले अभिमुखिकरण कार्यक्रममा जानकारी गराउनु भयो । काभ्रेपलाञ्चोक जिल्ला अदालतका प्रमुख न्यायाधिस पुरुषोतम ढकालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति काभ्रेका अध्यक्ष उद्धव केसीले गर्नुभएको थियो । अदालतमा ७५ प्रतिशत मुद्धा नै जल, जमिन र जङ्गलसँग सम्वन्धीत रहेका विवादहरु मुद्धाका रुपमा आउने कुरा प्रमुख न्यायाधिस ढकालले सहभागी सरोकार वालाहरुलाई स्मरण गराउनु भयो । नयाँ संघीय व्यवस्था अनुरुप सामान्य खालका साँध, सिमाना, झै–झगडाका विवादहरु स्थानीय सरकारको न्यायिक समितिले मेलमिलाप गरेको अवस्था हुदाँ अदालतमा मुद्धाको चाप घटेको बताउनु भयो । झै–झगडा विवादले उग्ररुप लिदाँ समाजमा सद्भाव खल्बलिने विकास निर्माणमा समेत त्यसको असर पर्ने हुँदा विवादहरु निरुपण गरी समाजमा उन्नत सम्वन्ध स्थापित गर्नु पर्ने प्रमुख न्यायाधिस पुरुषोतम ढकालले बताउनु भयो । समाजलाई जागरुक बनाउन चेतनामुलक कार्य गरी चनाखो बनाउन मेलमिलाप नीति अवलम्बन गर्न स्थानीय सरकारहरुलाई सघाउन प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले सघाउँदै आएको बताउनु भयो । नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोककुमार व्याञ्जुले सबै भन्दा बढी विवाद नै सम्पतीसँग सम्बन्धीत लेनदेन , जल, जङ्गल र जमिनकै सवालमा म्ुद्धामामिला हुने हुँदा त्यस्ता मुद्धामामिलालाई मेलमिलाप गरेर अन्नत सम्बन्ध स्थापना गर्न सचेतना सहितको जागरुकता आवश्यकता रहेको बताउनु भयो । संस्थाले अभियान सञ्चालन गरी मानवीय सोचलाई सकारात्मक चिन्तनमा बदल्न सक्नु नै उपलब्धी हो । उक्त उपलब्धीलाई स्थानीयकरण गर्नुपर्छ । संस्थाले गरेको काम राम्रो छ । नयाँ विषयहरुलाई अगाडि ल्याउँदै जल, जमिन र जङ्गलसँग सम्बन्धीत विवादलाई मेलमिलापमा बदल्न स्थानीय सरकारको न्यायिक समिति प्रतिबद्ध रहेको उल्येख गर्नुभयो । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, मण्डन देउपुर नगरपालिकाकी उपप्रमुख निर्मला शाही, तेमाल गाउँपालिकाकी उपाध्यक्ष दुर्गा सिंह तामाङ लगायतले सम्मुन्नत समाज निर्माण गर्न दिगो शान्ति स्थापना गर्न चेतनाको विकास हुनुपर्ने बताउनु भएको थियो । ४ सय ६४ मेलमिलाप केन्द्र, ४ हजार ८५ मेलमिलापकर्तालाई सम्बन्ध सुधार गर्ने तालिम दिएको संस्थाले जनाएको छ । १ सय १३ जनालाई १८ महिने तालिम उपलब्ध गराएको जनाएको छ । संस्थामा दर्ता भएका २ सय १४ विवादित मुद्धा समाधान भएको जनाएको छ । दिगो शान्ति र उन्नत सम्बन्ध स्थापनाको लागि ५० जना प्रशिक्षकहरु उत्पादन गरेको बताइएको छ । हाल सम्म १० हजार २ सय विवाद दर्ता भएकोमा ९ हजार ८ सय १३ समाधान भएको छ भने ३ सय ८७ मुद्धा समाधान हुन नसकेको जनाएको छ । काभ्रे जिल्लाको हकमा १५ वटा ठूला विवाद समाधान ५ वटा द्वन्द रुपान्तरण गर्न स्वीकृती दिइएको छ । कार्यक्रमको सभापतीत्व जिल्ला समन्वय समितिकी उपप्रमुख मञ्जु गौतमले गर्नु भएको थियो ।
ं
