खाजाको पारखिहरुका लागि बनेपामा चिकेन स्टेशनको २३ औ शाखा शुभारम्भ भएको छ ।बुधबार काभ्रेका युवा ब्यवसायीहरु सन्देश लामा, इन्द्रजित लामा, सत्यमान लामा र राजेश केसीले सयुंक्त लगानी गरेको चिकेन स्टेशनले सेवा दिन सुरु गरेको हो । १ करोड ३० लाख लगानीमा बनेपाको ब्यस्त चोक चाँदनी चोकमा खुलेको चिकेन स्टेशन विहान ८ बजे देखि राति ९ बजेसम्म खुल्ला रहने छ भने निशुल्क होम डेलिभरीको समेत ब्यवस्था गरिएको छ । चिकेनका विभिन्न परिकारहरु पाइने चिकेन स्टेशनमा ग्राहकको सुविधालाई विशेष ध्यान दिइने कम शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउने उदेश्य राखेको संचालक सन्देश लामाले बताउनु भयो । कोरोना भाईरसका कारण लकडाउन हुनु अगाबै संचालनको तयारी गरिएको भए पनि केहि समय ढिला भएको उहाँले बताउनु भयो ।
