÷ बल्थली
पनौती नगरपालिका वडा न १० र ११ जोड्ने हाइड्रो पावर स्टेशन नजिक रहेको पुल अत्यन्तै जिर्ण अवस्थामा रहेका पुल मर्मत कार्य अघि बढेको छ ।विगतमा अधिकतम क्षमता १० टन मात्र भनियको उक्त पुल फलाम र काठको फलेक ठोकेर बनाइएको थियो । अधिकतम क्षमता १० टनमात्र भनिएता पनि त्यसका पालना नगरी ट्रिपर, बस , ट्रक सब प्रकारका सवारीसाधनहरु निर्वाद गुडिरहेका कारण चाँडै नै जिर्ण बनेको हो । ठोकियका फल्याकहरु कुहियर केहि समय यता पुल अत्यन्तै जिर्ण बनेकाले स्थानीयल फलामका पाताहरु राखेर टालिरहेका थिए । तर यसपाली भने उक्त पुलमा नया काठकाफल्याक हरु ठोकेर मर्मत गरियको छ। रास्ट्रीय योजना खोपासी तालढुंगा सडकसंग जोडिने यस सडक छोटो छरितो र ढलान भयकाले स्थानीय सबैजसो सवारीसाधन हरु यस पुल भएर जानेआउने गर्छन तर पुल को अवस्था जिर्ण हुँदा स्थानीयहरू मर्कामा परेका छन। खोपासी( तालढुंगा सडक गत बर्ष देखि स्तरोन्नति सुरु गरियको र बाटा अबरुद्द रहेको हुनाले उक्त भेगका स्थानीयहरू संग अर्को बाटो को विकल्प पनि छैन । पुल मर्मतका क्रममा खटिन भयका पनौती न पा वडा न ११ का जनप्रतिनिधि वडा सदस्य बिनोद हुमागाईल चालु आर्थिक बर्षक यसपालीलाइ नगरपालिकाको विपद कोषबाट छुटाईएका रु ३ लाखले यो पुल मर्मत गरेका बताउनुभयो । पक्कि पुलको लागि पनि हामी यसै बर्ष पहल गरिने बताउनुभो ।
