जन आंकाक्षालाई सम्बोधन गर्ने गरी बागमती प्रदेश अन्तरगतका सबै पालिकाहरुलाई पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट विनियोजन गरी छुट्टाएको छ । काभ्रे क्षेत्र नं २ को (ख) का पालिकाहरुमा पूर्वाधार विकास साझेदारी कार्यक्रममा ३ करोड बजेट विनियोजन गरेको छ । बनेपा नगरपालिका वडा नं १४ आशापुरी सडक निर्माण योजना ३५ लाख, काशीभञ्ज्याङ तीनधरे देविटार सडक निर्माण बनेपा–३, १० लाख, कपिलेश्वर शान्तिमार्ग बनेपा–८, २० लाख जरुवा वाँझ खेत मोटर बाटो निर्माया बनेपा–५, १० लाख, कुसुमेटार बैतीवा स्कुल सडक निर्माण बनेपा–११, ३५ लाख,बनेपा नगरपालिका भित्रका वडामा मात्र १ करोड १० लाखको पूर्वाधार विकास साझेदारी कार्यक्रममा बजेट परेको छ । त्यस्तै गरी चयान डाँडा छोरतेन बाटो निर्माण कलाती वाउन चौर पनौती–१२, १४ लाख, चाँपखोला गोल डाँडा नयाँ गाउँ, सडक पनौती–२, १४ लाख सिमचौर पाँचकन्या मोटर बाटो पनौती–१, १५ लाख गरी पनौती नगरपालिका भित्र ४३ लाख बजेट परेको छ । त्यस्तै गरी कोदारी सामुदायिक भवन निर्माण राइ गाउँ मण्डनदेउपुर–६, १५ टट्ने धाइटार सिँचाइ योजना मण्डनदेउपुर वडा नं ४,५र ६, १० लाख राधाकृष्ण मन्दिर निर्माण मण्डनदेउपुर वडा नं ६, १० लाख, ट्याङ्कीडाँडा चापखोला सडक मण्डनदेउपुर–३, २२ लाख ३० हजार गरी मण्डनदेउपुर नगरपालिकाका वडाहरुमा ६७ लाख ३० हजार बजेट परेको जनाएको छ । त्यस्तै गरी असला डाँडागाउँ दलित बस्ती बाटो निर्माण बेथानचोक –५, १० लाख, छिर्के फ्याङ खोला मोटर बाटो निर्माण बेथान चोक–५, १० लाख, तल्लो आले खानेपानी योजना बेथानचोक–२, १० लाख, माथिल्लो आले खस्रेनी हुँदै च्यानडाँडा बाटो बेथान चोक–२, १० लाख, नारी चेतना सहकारी भवन निर्माण बेथानचोक–४, १५ लाख, रेलसिङ मौवाडाँडा, गोठेडाँडा सडक निर्माण बेथानचोक–१, १२ लाख र दलित बास्ति सामुदायिक भवन, निर्माण बेथानचाक–२, १० लाख गरी ८७ लाख बजेट विनियोजन भएको छ । पूर्वाधार विकास साझेदारी कार्यक्रममा बनेपा नगरपालिका अग्रस्थानको रुपमा छनौट भएको छ । समय सिमा भित्र प्रदेशबाट स्थानीय पालिकाहरुमा बजेट आइनपुग्ने बजेट फ्रिज हुने अवस्थाले जनचासो र चिन्ता बढेको छन्नी भनि काभ्रे प्रतिनिधिसभा क्षेत्र नं २, (ख) का सांसद बसुनधरा हुमागाइलाई जिज्ञासा राख्दा यस्तो प्रतिक्रिया दिनु भयो । पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत गत बर्षको पनि छनौट भएका सबै योजना स्थानीय पालिकाहरुबाट कार्यान्वयन भएको छ । यस वर्षको बजेट पनि बागमति प्रदेशबाट सम्वन्धीत पालिकाहरुको खातामा रकम आउने छ भन्नु भयो, प्रदेश सांसद बसुनधरा हुमागइले जनताका इच्छा चाहना र माग अनुसार नै योजना छनौट भएकाल ढिला सुस्ति नभइ समय सिमा भित्र नै कार्य सम्पन्न गरिने बताउनु भयो । संघ र स्थानीय सरकारले १ करोड भन्दा माथिका योजना मात्र टेण्डर आहान गरी विकास निर्माणका योजना सम्पन्न गर्ने नीति अघि सारेको छ । सोभन्दा मुनिको योजना उपभोक्ता समिति मार्फत गरिने मापदण्ड तय गरेको छ । तर प्रदेश सरकारले भने ५० लाख माथिको योजना टेण्डर आहानबाट विकास निर्माणको सवालमा संघ र प्रदेशले विनियोजीत गरेको रकम स्थानीय पालिकाहरुले कार्यान्वयन गरिने व्यवस्था गरिएको छ ।
