IMG-LOGO

१ हजार ४ सय ७९ निको भई घरफर्के

 मंगल, कार्तिक २५, २०७७  --

काभ्रेजिल्लामा हालसम्म २ हजार ४६ कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये १ हजार ४ सय ७९ निको भई घर फर्केका छन् । १२ महिला र २७ पुरुष गरी ३९ जनाको मृत्यु भएको छ । जसमध्ये १० पुरुष र ३ महिला अन्य जिल्लाको रहेका छन् । सक्रिय संक्रमितको संख्या ५ सय ४१ रहेका छन् । पुरुष २ सय ९६ र महिला २ सय ४५ रहेका छन् । अस्पतालको आइसोलेसनमा ३२ जना, होमआइसोलेसनमा ५ सय ९ जना रहेका छन् । बनेपाबाट ५ महिला र ६ पुरुष, धुलिखेलबाट २ महिला र २ पुरुष, पनौतीबाट ३ पुरुष, मण्डन देउपुरबाट १ महिला र १ पुरुष, नमोबुद्ध नगरपालिकाबाट ४ महिला, बेथानचोक गाउँपालिकाबाट १ पुरुष र रोशी गाउँपालिकाबाट २ पुरुष गरी पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमित थपिएका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्