बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, मकवानपुरको आयोजनामा शुत्रबार ६५ औं प्रहरी दिवस सम्पन्न भएको छ । मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, विशिष्ट अतिथि बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, अन्य अतिथिहरुमा प्रदेश प्रमुख सचिव, हेटौडा उप (महानगरपालीकाका उप(मेयर, आन्तरीक मामिता तथा कानुन सचिव, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, बागमती प्रदेश श्रीमती संघका अध्यक्ष लगायत पुर्व प्रहरी कर्मचारी, समाजसेवी, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
उपस्थित अमर प्रहरीका आश्रित परिवारहरुलाई प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको कदरपत्र र यस कार्यालयबाट उपलब्ध गरीएको नगद र दोसल्ला आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल मार्फत प्रदान गर्नुभएको थियो । यसै अवसरमा कोभिड(१९ को महामारीमा प्रहरी परिचालनलाई व्यवस्थित बनाउन तथा संक्रमणबाट प्रहरी कर्मचारीहरुलाई सुरक्षीत राख्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयले तयार गरेको विषम परिस्थितिमा प्रहरी परिचालन सम्बन्धि मार्ग निर्देशन २०७७ को प्रमुख अतिथि मुख्यमन्त्रीबाट लोकार्पण गरीएको थियो ।
कार्यक्रममा बागमती प्रदेश अन्तर्गत कार्यरत उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरीएको थियो । उत्कृष्ट प्रहरी कार्य तर्फको पुरस्कार ईलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीमा कार्यालय प्रहरी निरीक्षक शान्ता वाईवालाई, उत्कृष्ट ट्राफिक व्यवस्थापन तर्फको पुरस्कार जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेलाई र विपद उद्दारकतर्फको पुरस्कार ईलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोकमा कार्यरत प्रहरी जवान गंगा के।सी।लाई प्रदान गरीएको थियो । कार्यक्रमका प्रमुख अतिथीले पुरस्कृत हुने प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यसै गरी समुदाय प्रहरी साझेदारी अन्तर्गत नेपाल प्रहरी संगको समन्वयमा उत्कृष्ट भुमिका निर्वाह गर्ने हेटौडा उप(महानगरपालिमालाई कदरपत्र प्रदान गरीएको थियो । यसै अवसरमा प्रहरीलाई जग्गा प्रदान गर्ने कैलाश गाउँपालिका निवासी बम बहादुर स्याङतानलाई कदरपत्र प्रदान गरीएको थियो भने पूर्व प्रहरी नायव निरीक्षक विश्व आलेलाई प्रशंसापत्र प्रदान गरीएको थियो । संक्रमण जोखिममा समेत आम नागरिकलाई पुर्यािउनु भएको सेवाको उच्च मुल्यांकन गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौंलागाँईलाई समेत प्रशंसापत्र प्रदान गरीएको थियो । मुख्यमन्त्री डोरमणी पौडेल, आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल लगाएतका व्यक्तित्वहरुले प्रहरी दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । प्रहरी बरिष्ठ उपरीक्षक एवं प्रवक्ता सुदिप गीरीका अनुसार समुदाय प्रहरी लोकप्रिय हुँदै गएको वताउनु भयो ।
