IMG-LOGO

नमोबुद्ध नगरको समग्र विकासको समीक्षा

 मंगल, कार्तिक ४, २०७७  हरिनाथ न्यौपान


नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक तथा चालु आर्थिक वर्ष २०७७÷७८ को प्रथम चौमासिक अवधिको प्रगती समिक्षा कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टि.पि शर्मा तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको  समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंले आर्थिक वर्ष २०७६÷७७ र आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिक प्रगति विवरण पेश गर्नु भएको थियो । आर्थिक वर्ष २०७७÷०७८ लागि ६९ करोड ४७ लाख ३४ हजार ५४० कुल बजेट विनियोजन गरेको नगरपालिकाले कोरोना महामारीका कारण विकास निर्माणको गतिमा केही कमि आएको बताएको छ । १०२ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको, ११ वटा वडा रहेको नगरपालिकाको आर्थिक विकास, कृषि,पशु, सहकारी विकास, सामाजिक विकास, स्वास्थ्य शाखा, शिक्षा, युवा तथा खेलकुद विकासका बारेमा प्रमुख प्रशासकिय अधिकृतले प्रष्ट पर्नु भएको थियो । सामाजिक सुरक्षा भत्ता बैँक मार्फत वितरण गर्ने व्यवस्था मिलाएका,े महिला, बालबालिका,अपाङ्ग, जेष्ठ नागरिक तथा लक्षित वर्गलाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको, विस्थापित गरिएको ईटा भट्टा क्षेत्रलाई लक्षित गरि बजेट विनियोजन गरिएको , पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको नगर प्रशासनले जनाएको छ । आफ्नो कार्यालय काभ्रेमै पहिलो अत्याधुनिक भवन निर्माण गर्न सकेको नमोबुद्ध नगरले धेरै वटा गुरुयोजनाहरु निर्माण गरीसकेको बताउँदै अब बजेटको व्यवस्थापनमा आफूहरु लागेको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनु भयो । निर्वाचनको बेलामा जनतासँग पाँच बेथितिको अन्त्य र पाँच समृद्धिको लागि आफूले प्रतिबद्धता जाहेर गरेकोले त्यही अनुसार नगर अगाडि बढेको उहाँको भनाइ छ । त्यस्तै एउटै डिजाइनको वडा कार्यालयहरु निर्माणको क्रममा यो वर्ष ९ वटा वडा कार्यालय सम्पन्न हुने यो वर्ष सबै वडामा स्वास्थ्यको भवन निर्माण भइसक्ने र आवश्यकता अनुसार स्वास्थ्य इकाईहरु पनि सञ्चालन गरेको बताउनु भयो । यसैगरी नगर उप–प्रमुख रामदेवी तामाङले नगरपालिकालाई महिला मैत्री बनाउन आफूहरु सफल भएको बताउदैँ महिलाहरुलाई आत्मनिर्भर बनाउन नगरपालिका सदैव तयार रहेको जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पत्रकारहरु लगायतको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नगर प्रमुख शर्माले नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई टिपीशर्मा सृजनसिल पत्रकारीता पुरस्कार कोषमा रहने गरी १ लाखको चेक हस्तान्तरण गर्नुभयो भने आफूले अभिभावकत्व ग्रहण गरेका छ जना विद्यर्थाीहरुलाई अनलाईन कक्षा सहज बनाउन शर्माले व्यक्तिगत रुपमा उनीहरुलाई ६ हजार ५ सयका दरले नगद सहयोग गर्नु भएको थियो  ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्