लोकतन्त्रको संस्थागत विकास आवधिक निर्वाचन अवको १ सय ३ दिनपछि अर्थात २०७९ मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुँदै छ । प्रतिनिधिसभा र प्रदेशसभाको दोश्रो कार्यकालको लागि आउँदो मंसिर ४ गते एकै चरणमा निर्वाचन हुने भएको हो । निर्वाचनबाट ८ सय २५ जनप्रतिनिधि जनताबाट चुनिने छन् ।
प्रतिनिधिसभा प्रत्यक्षबाट १ सय ६५ र प्रदेश सभाबाट ३ सय ३० जना प्रत्यक्ष तर्फ निर्वाचित हुने छन् । प्रतिनिधि सभामा १ सय १० र प्रदेश सभामा २ सय २० समानुपातिक तर्फ निर्वाचित हुने छन् । २०७४ को आम निर्वाचन भन्दा ३२ लाख मतदाता यस पटक थपीने निर्वाचन आयोगको अनुमान छ । कुल मतदाता १ करोड ८६ लाख जनसंख्या छन् । ८ करोड मतपत्र छापिने र करिव १० अर्ब रुपौयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
