धुलिखेल नगरपालिका आधारभूत स्वास्थ्य शाखाको आयोजनामा धुलिखेल वडा नं ८ मा क्षयरोग मुक्त नगर धुलिखेल समुदायमा समितिको बैठक तथा सुक्ष्म योजना बैठक बुधबार सम्पन्न गरेको छ । धुलिखेल वडा नं. ८ का वडा अध्यक्ष विनोद गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वंसेवी महिला, स्थानीय सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीहरुको सहभागीता रहेको थियो । माइक्रो व्याक्टेरीया ट्युवरक्लोसिस नामक किटाणुबाट सर्ने रोग हो क्षयरोग हाच्छीयुँ गर्दा खोक्दा हावाबाट ३ मिटर सम्म पनि सर्ने रोग भएकाले क्षयरोग लागेका विरामीहरुसँग टाढै रहनु पर्ने कुरा धुलिखेल नगरपालिका आधारभूत स्वास्थ्य शाखाका क्षयरोग निवारण फेकल पर्सन तथा सूचना अधिकारी कृष्ण बहादुर आलेले प्रशिक्षया दिँदै सचेतना गराउनु भयो । विशेष गरी फोक्सो र शरिरको अन्य भागमा लाग्ने यो रोग नियमित औषधी खाएको खण्डमा क्षयरोग निको हुने हुँदा क्षयरोगको लक्षण देखिना साथ स्वास्थ्य संस्थामा गई जचाएर औषधी नियमित सेवन गर्नुपर्ने सवाल धुलिखेल नगरपालिका आधारभूत स्वास्थ्य शाखाले जनाएको छ ।
कार्यक्रममा जनचेतना युवा समुहका अध्यक्ष एव काभ्रेटाइम्स साप्ताहिकका कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपाने, धुलिखेल वडा नं ८ स्वास्थ्य संस्था वडाल गाउँका हेमलाल गौतम लगायतको आतिथ्यता रहेको थियो । नेपालमा हरेक वर्ष ६९ हजार व्यक्तिलाई क्षयरोग लाग्ने गर्छ । १४ वर्ष उमेर समुहका क्षयरोग ५ हजार १ सय छन् । १४ वर्ष माथिका विरामी ६३ हजार ९ सय छन् । २०७७/०७८ को तथ्याङ्क अनुसार २ हजार २ सय एमडी आर बहुऔषधी प्रतिरोध विरामी छन् । क्षयरोग निवारण संस्थाको २०७७/०७८ को तथ्याङ्क अनुसार क्षयरोग लागेका कुल मध्ये ३३ प्रतिशत महिला ६७ प्रतिशत पुरुषमा क्षयरोग लागेको तथ्याङ्कमा उल्लेख छ । वडा नं ८ को वडाल गाउँमा १ जना, थाक्लेमा १ जना, धुलिखेल वडा नं ४ मा ७ जनालाई क्षयरोग लागेको जनाएको छ । नेपालको कुल जनसंख्यामा ४५ प्रतिशतलाई क्षयरोग लागेको छ । २०७७/०७८ को तथ्याङ्क अनुसार वार्षिक रुपमा प्रत्येक दिन ४४ जनाको मृत्यु क्षयरोगका कारण हुने गर्छ ।
