IMG-LOGO

बनेपालाई सु्न्दर र व्यवस्थित बनाउन अन्तरक्रिया

 मंगल, सावन १०, २०७९  ---

      बनेपा नगरपालिकालाई सुन्दर र व्यवस्थित शहर बनाउन विभिन्न सरोकार वालाहरुसँग अन्तरक्रिया र छलफल शुरु गरेको छ । बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले नगरपालिकाले नगरवासीलाई दिने सेवा पूवाह प्रभावकारी बनाउन र नगरको समग्र विकासलाई सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न सरोकार वालसँग वहस शुरु गरेको छ । फुटपाथमा हिड्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्न, अन्य व्यवसाय गर्न प्रतिवन्धको  कार्य शुरु भएको छ । शुक्रबार फुटपाथमा व्यापार व्यवसाय गर्ने र बनेपा  राजमार्गका घरबेटीहरुसँग अन्तरक्रिया  कार्यक्रम सम्पन्न भयो । बनेपा वडा नं ७ को आयोजनामा भएको उक्त कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीलाल राजभण्डारी, नेपाल सुनचाँदी व्यवसायी संघ काभ्रेका पूर्व अध्यक्ष रविन शाक्य लगायतले व्यवस्थित शहर बनाउन आफूहरुको सहयोग रहने बताउनुभयो । 

      बनेपा नगरपालिका वडा नं ७ को वडा अध्यक्ष हिटलर शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा फुटपाथमा व्यवसाय गर्नेहरुले नगरपालिकाले आफूहरुलाई व्यवसाय गर्ने वैकल्पिक व्यवस्था गरेर मात्र फुटपाथमा व्यवसाय सञ्चालन रोक लगाउन आग्रह गरेका थिए । बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले शहरको सौन्दर्य बढाउन शहर व्यवस्थित गर्न बनेपाका वुद्धिजीवी, व्यवसायीहरु, आम नागरिक सबैको सहयोगले सम्भव हुने बताउनुभयो । नगरपालिकाले बेलुका शहर झलमल गर्ने कार्य, फुटपाथ हटाउने कार्य भई सकेको र अब सडकको दायाँ वायाँ पोलमा भएको अव्यवस्थित तारलाई व्यवस्थित गर्न लागि पर्ने बताउनुभयो । कार्यक्रममा वडा सदस्य रामप्यारी श्रेष्ठ र रामेश्वरी मानन्धर लगायतको आतिथ्यता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्