तेजगंगा बहुमुखी क्याम्पस पनौतीले त्तब्ब् गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रबोधिकरण कार्यक्रम शनिबार पनौती नगरपालिका सभाहलमा सम्पन्न गरेको छ । नेपाल पब्लिक क्याम्पस संघ केन्द्रीय अध्यक्ष शिवराज सञ्जेलको प्रमुख आतिथ्यता एवं क्याम्पस सञ्चालन समिति उपाध्यक्ष राजाराम सैंजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख डा. अम्बु भवानी कार्कीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । २०७१ पौष ९ गते देखिको निरन्तर प्रयास पछि २०७९ असार २९ गते क्याम्पसले त्तब्ब् गुणस्तर सुनिश्चितता गरेको हो ।
क्याम्पसका को-अर्डिनेटर मुक्तिनारायण काफ्लेले त्तब्ब् प्रकृया र क्याम्पसका गतिविधिहरुको बारेमा जानकारी गराउनु्भयो । वि.सं. २०५७ सालमा स्थापीत तेजगंगा बहुमुखी क्याम्पसमा विएड (२०५७), विविएस (२०६२), विए (२०६५), एमएड (२०६७), एमविएस (२०७८) अन्तर्गत ३ सय ८६ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । क्याम्पसका को-अर्डिनेटर भिमसेन केसीले सञ्चालन गर्नु भएको कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, उप-प्रमुख गिता वञ्जारा, पूर्व प्रमुख भिम न्यौपाने, जनप्रतिनिधिहरु, सल्लाहकारहरु, शिक्षासेवी, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
