प्रधानमन्त्री शेर वहादुर देउवा प्रमुख अतिथि भएको कार्यक्रममा विरोधमा नारा जुलुुस भएको छ । हिजो काठमाण्डौं कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय विभूति भीमसेन थापाको २ सय ४८ औं जन्म जयन्तीका अवसरमा आयोजित भीमसेन थापा स्मृति पुरस्कार प्रदान कार्यक्रममा केहि युवाहरुको जमातले प्रधानमन्त्री शेरवहादुर देउवाको विरुद्धमा नाराबाजी गरेका थिए ।
राष्ट्रिय एकताको रक्षा गरौं नागरिकता विद्येयक खारेज गरौं एमसीसीका मतियार मुर्दावाद, र नागरिकता विद्योयक खारेज गर भन्दै युवा जमातले नाराबाजी गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको राष्ट्रिय एकीकरणमा भीमसेन थापाको ठूलो देन रहेको बताउनु भयो ।
