पनौती, तेजगंगा बहुमुखि क्याम्पस पनौतीले विश्व विद्यालय अनुदान आयोगबाट उच्च शिक्षा क्षेत्रको अन्तराष्ट्रिय ब्राण्ड ९त्तब्ब्० (क्यू.ए.ए) प्राप्त गरेको छ । विश्व विद्यालय अनुदान आयोगको अध्यक्ष प्रडा. भिम प्रसाद सुवेदीले क्याम्पस प्रमुख डा. अम्बु भवानी कार्कीलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो । क्यूएए प्राप्त गरेको अवसरमा विहिबार तेजगंगा बहुमुखि क्याम्पसले विद्यार्थी वर्ग र शिक्षकहरुको सहभागीतामा पनौती नगर परिक्रमा गरेको थियो । उक्त क्याम्पस २०१४ देखि क्यूएए कार्यक्रममा आवद्धता भएको कुरा प्राध्यापक भिमसेन केसीले काभ्रे टाइम्सलाई बताउनु भयो ।
क्यूएए प्राप्त गर्ने समारोहमा पनौती नगरपालिकाका निवर्तमान प्रमुख भिम न्यौपाने, पनौती नगरपालिकाको नगरउपप्रमुख गिता बञ्जारा, पनौती वडा नं ८ का वडा अध्यक्ष बेद प्रसाद बञ्जरा, क्याम्पस सञ्चालक अध्यक्ष शिव वहादुर देउजा, सञ्चालक समिति, क्याम्पस सभा सदस्यहरु र प्राध्यापकहरुको उपस्थिति रहेको थियो । उक्त क्याम्पसमा भौतिक पूर्वाधारको विकासको सम्पन्नता विषयगत शिक्षकहरुको विभागहरु गठन विषयगत पाठ्यक्रमको आवश्यकता र औचित्यको आधारमा उपयुक्त प्रयोगशालाको प्रवन्ध, व्यवहारीक ज्ञान हाँसिल गर्ने क्षमताको विकासको सवालमा उच्चतम प्रविधिको प्रयोगलाई आत्मसाथ गरी अघि बढ्ने योजनाका साथ लागि परेको क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीले बताउनुभयो ।
