IMG-LOGO

भानुभक्तको सम्झनामा नमोबुद्धमा काव्य अनुष्ठान

 मंगल, सावन ३, २०७९  ---

      भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाले नमोबुद्ध काव्य अनुष्ठान कार्यक्रम आयोजना गर्दै २०९ औं भानु जयन्ती मनाएको छ । रेडियो नेपालका निर्देशक एवं साहित्यकार डा. नवराज लम्सालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रियस्तरका ख्यातिप्राप्त साहित्यकारसहित स्थानीय साहित्यकारसमेतले आफ्नो रचना बाचनसहित आदिकवि भानुभक्त आचार्यलाई सम्झिएका थिए ।

      कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. लम्सालले कला र साहित्यको विकास र सम्वद्र्धनका लागि नमोबुद्ध नगरपालिकाले खेलेको भूमिकाको प्रशंसा गरे । नमोबुद्ध नगरपालिका धेरै साहित्यकारहरुको जन्मभूमि रहेको स्मरण गर्दै उनले स्थानीयस्तरका साहित्यकारहरुलाई हौसला प्रदान गर्न यस्तो कार्यक्रम फलदायी हुने बताए ।

      कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले नगरपालिकामा साहित्य क्षेत्रको विकासमा नगरपालिकाले आगामी दिनमा पनि थप कार्यक्रमहरु आयोजना गर्ने जानकारी दिए । नमोबुद्ध नगरपालिकामा रहेका साहित्यिक प्रतिभाहरुलाई हौसला प्रदान गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने पनि लामाले बताए । यस्तै प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले विकास भनेको पूर्वाधारको विकास मात्रै नभई चेतनाको विकास पनि महत्वपूर्ण रहेको भन्दै साहित्यिक क्षेत्रबाट चेतनाको विकास गर्न नमोबुद्ध नगरपालिका लागिपरेको बताए ।

      कार्यक्रममा लेखक एवं समालोचक महेश पौडेललाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । उनलाई प्रमुख अतिथि डा. नवराज लम्साल, नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्न लामा लगायतले सम्मान गरेका थिए । कार्यक्रममा साहित्यकार डा. नवराज लम्साल, महेश पौडेल, डा. अशोक थापा, राजकुमार बानियाँ, आश्विनी कोइराला, भवानी खतिवडा, छविरमण सिलवाल, गोविन्द कँडेल आँसु, दृष्टि वाणी धिताल, निरज दाहाल, विलोक शर्मा, कमल कुइँकेल, दिनमान गुर्मछान लगायत राष्ट्रिय एवं स्थानीयस्तरका विभिन्न साहित्यकारहरुले आफ्नो रचना बाचन गरेका थिए । कार्यक्रम नमोबुद्ध नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख तारादेवी सुनुवारका सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्