IMG-LOGO

प्रेस युनियन महाधिवेशनमा काभ्रेबाट तीनको उम्मेदवारी

 मंगल, सावन ३, २०७९  ---

 

      प्रेस युनियन नेपालको आसन्न ९ औँ अधिवेशनको लागि हाल उपाध्यक्ष समेत रहनु भएका इश्वरी ओझा आगामी श्रावण ६ र ७ गते हुन लागको युनियनको महाधिवेशनमा अध्यक्षको दावी सहित उम्मेदवारी घोषणा गर्नु भएको छ । नेपाल पत्रकार महासंघ काभ्रेको अध्यक्ष समेत भई पत्रकारहरुको हकहितको लागि कार्य गर्नुका साथै २०६२÷०६३ को जन आन्दोलनमा पत्रकारको नेताको हैसियतले अग्रेणी भूमिका  खेल्नु भएको थियो । त्यस्तै गरी प्रेस युनियन काभ्रेका पूर्व अध्यक्ष समेत रहनु भएका नारायण सापकोटा र निवर्तमान अध्यक्ष कपिल कोइरालाले पनि प्रेस युनियन नेपालको ९ औँ अधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । नारायण सापकोटा पनि नेपाल पत्रकार महासंघ काभ्रेको अध्यक्ष भइ पेशागत संगठनको हितमा कार्य गर्दै आउनु भएको छ । त्यस्तै कपिल कोइराला डेढ दशक देखि पत्रकारिता क्षेत्रमा कार्य गर्दै आउनु भएको छ । प्रेस युनियनको केन्द्रीय अधिवेशनमा शिव लम्साल, अनिता विन्दु, दिपक आचार्य, सरोज अधिकारी भुवन भट्ट, रामप्रसाद दाहाल, दामोदर हवाडी लगायत ८ जनाले अध्यक्षमा दावी गर्नु भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्