IMG-LOGO

जलवायु परिवर्तन सम्वन्धि छलफल

 मंगल, सावन ३, २०७९  ---

 

      महिला जागरण समूह नालाको सहजीकरणमा बहु–सरोकारवाला मञ्चहरुले बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यसँग अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । बनेपामा रहेका ९ वटा संस्थाहरुका प्रतिनिधि सहभागि छलफल कार्यक्रममा जलवायु परिवर्तन सम्वन्धि विषयमा नगरपालिकाले के कस्ता कदम चाल्न आवश्यक छ , नगरभित्र देखा परेका समस्या, जलवायु परिवर्तन सम्वन्धित रहेर नगरले के कस्तो बजेट विनियोजन गरेको छ भन्ने बारे सहभागिहरुले आ–आफ्नो धारणा राखेका थिए ।

      नगरपालिकाले सुधार गर्नुपर्ने विषयहरुलाई गम्भिरताका साथ जलवायु परिवर्तन रोक्न क्रमश कार्यक्रमहरु अगाडि बढाइने शाक्यले बताउनुभयो । बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य, महिला जागरण समूह नालाका अध्यक्ष निर्मला श्रेष्ठ लगायत विभिन्न संस्थाका प्रतिनिधि सहभागि रहेको छलफल कार्यक्रममा  जलवायु परिवर्तन सम्वन्धि तयार पारिएको अनुरोध पत्र नगरप्रमुखलाई हस्तान्तरण गरिएको थियो । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्