IMG-LOGO

दुवाल दम्पत्ति सम्मानित

 मंगल, सावन ३, २०७९  ---

 

      सिद्धिश्वर मानअक्षलोक साहित्यिक केन्द्र, काठमाडौंले राष्ट्रिय नाचघरमा विविध क्षेत्रमा कृयाशील साहित्यकार, सामाजिक अभियन्ता, शिक्षाविद्हरु लगायतलाई सम्मान गरिएको उक्त भव्य साहित्यिक समारोहमा साहित्यकार मोहन दुवाल र भारती श्रेष्ठ दुवाललाई नेपाली साहित्यको श्री वृद्धिमा समर्पित भगिरथ तपस्वी जोडीका रुपमा विशिष्ट योगदानको कदर गर्दै ‘युगल साहित्य साधक सम्मान’ प्रदान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले भारती श्रेष्ठलाई दोसला लगाइदिनु भएको र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले मोहन दुवाललाई सम्मान पत्र प्रदान गर्नुभएको उक्त कार्यक्रममा सम्मान पछि आफ्नो विचार राख्दै मोहन दुवालले “सावित्री श्रेष्ठले सिद्धिश्वरमान श्रेष्ठको स्मृतिमा निर्माण गरिएको यस केन्द्रले साहित्य क्षेत्रमा महत्वपूर्ण कार्य गरेर देखाउने छ” भन्नुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्