IMG-LOGO

मुटुबचाउने अभियानमा विद्यार्थीहरूको सहयोग

 मंगल, कार्तिक ४, २०७७  ---


नेपाल हृदय रोग निवारण प्रतिष्ठानले मुटुसम्बन्धी रोगको रोकथाम र प्रचार प्रसारको उद्देश्यले विश्वमुटु दिवसको अवसरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय द्वारा विभिन्न ५ वटा शीर्षकमा राष्ट्रिय स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरेको थियो जसमा देशभरिका २१२ जना  १० कक्षाका भाइबहिनीहरुले भागलिएका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयबाट भागलिने विद्यार्थी एवं शिक्षकहरु तथा अभिभावकहरूको उपस्थिति रहेको थियो । सम्पूर्ण सहभागी बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको थियो ।विभिन्न शीर्षकमा प्रस्तुत गरिएको निबन्ध प्रतियोगितामा काभ्रेबाट ५ छात्रछत्राहरु विजेता हुन सफल भएका छन् ।
काभ्रे, जल्लाबाट ३८ जना विद्यार्थीहरु सहभागी भएकोमा श्रेया श्रेष्ठ – विद्या सागर अंग्रेजी माध्यामिक विद्यालय, बनेपा र प्राप्ती पराजुली – श्री चण्डेश्वरी माध्यामिक विद्यालय, नालाकी छात्राले द्धितीय त्यसैगरि  सृजना धिसिङ्ग – श्री चक्रज्योत माध्यामिक विद्यालय, सांगा र सितास्मा सापकोटा–एसओएस बालग्राम पनौतीका छात्राहरू तृतिय हुनुभएको थियो भन प्रसन्ना श्रेष्ठ–विद्या सागर अग्रेजी माध्यामिक विद्यालय, बनेपाले सान्त्वना पुरस्कार प्राप्त गरिन् ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रेका सभापति अशोक श्रेष्ठको अध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो । सहयोगी संस्था रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष सुशिल व्यान्ज ुश्रेष्ठ र धुलिखेल अस्पतालका बाल मुटु रोग विशेषज्ञ डा.अनिश जोशीले विद्यार्थीहरुलाई मुटुरोग बारेको सचेतना फैलाउन निबन्ध प्रतियोगिताले विशेष महत्व रहेको कुरा जानकारी गराउन ुभएको थियो साथै कोभिड–१९ बाट फोक्सोलाई प्रत्यक्ष रुपमा असर गरिरहेको हुन्छ भने मुटुलाई अप्रत्यक्ष रुपमा असर गरिरहेको कुरा स्पस्ट गरी मुटु रोगीहरु अझै सजक रहनु पर्ने सल्लाह दिनु भएको थियो । मुटु रोग अत्यन्त जटील स्वास्थ्य समस्याभएको र यस्का उपचार अत्यन्त महंगो हुने हुँदा नेपाल हृदय रोग निवारण प्रतिष्ठान, काभ्रेका सभापति  अशोक कुमार श्रेष्ठले विद्यार्थीहरुबाटै मुटु बचाउने अभियानमा जुट्न सबैमा अनुरोध गर्नुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्