IMG-LOGO

महिला जनप्रतिनिधिलाई नेतृत्व विकास प्रशिक्षण

 मंगल, असार २८, २०७९  ---

      भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकामा नवनिर्वाचित महिला जनप्रतिनिधिहरुका लागि आयोजित नेतृत्व सीप विकास प्रशिक्षण मंगलबार समापन भएको छ । प्रशिक्षण आइतबारदेखि सुरु भएको थियो । प्रशिक्षणको उद्घाटन नगर प्रमुख कुनसाङ लामाले गरेका थिए । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनपछि देशभरका ७५३ स्थानीय तहमध्ये नमोबुद्ध नगरपालिकाले पहिलोपटक महिला जनप्रतिनिधिका लागि यस्तो किसिमको प्रशिक्षण आयोजना गरेको महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् ।

      प्रशिक्षण कार्यक्रम स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र नमोबुद्ध नगरपालिकाले संयुक्त रुपमा आयोजना गरिएको हो । सहभागीहरुलाई सकारात्मक सोच तथा जीवन शैली र व्यक्तित्व निर्माण, नेतृत्व सीप, महिला, विकास र सूचनाको हक, सञ्चार तथा प्रविधिको प्रयोग, वडाको काम, कर्तव्य र अधिकार, बैठक सञ्चालन निर्णय प्रक्रिया तथा माईन्यूट लेखन, स्थानीय आर्थिक विकास र उद्यमशिलता विकास, योजना तर्जुमा प्रक्रिया लगायतका  विषयमा प्रशिक्षण दिइएको थियो ।

      स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कुमार दाहाल, राष्ट्रिय सूचना आयोगकी पूर्व आयुक्त यशोदा तिम्सिना, काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायतले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा ३० जनाको सहभागिता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्