नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा भाग लिन कांग्रेसका महाधिवेशन प्रतिनिहरु काठमाडौँ आउन थालेका छन् । बिशेष गरि १४ औ महाधिवेशनमा बिभिन्न पदमा उम्मेदवार दिने नेताहरु हिजै देखि चुनावी क्याम्पीङ गर्न काठमाडौँ आएका हुन । काभ्रे जिल्लाबाट १४औं महाधिवेशनमा मधुप्रसाद आचार्यले केन्द्रीय सदस्यमा उमेदवारी दिने भएका छन् । आचार्यको उमेदवारी १ःनिष्ठाको राजनिती बचाउन २ःपढेलेखेका इमानदार युवालाई राजनितीमा आकर्षण बढाउन ३ःकर्ममा आधारित राजनिती स्थापित गर्न केन्द्रीय सदस्य पदमा उठ्न लागेको कुरा आचार्यले काभ्रे टाइम्सलाई बताए । उता १४ औं महाधिवेशनमा शिवप्रसाद हुमागाई पनि केन्दी्रय सदस्य पदमा उम्मेदवारी दिने खबर छ । यद्यपी उनले मधु आचार्यको जसरी उम्मेदवारी घोषणा गरेका छैनन् । यस विषयमा काभे्र टाइम्सले बुभ्mन खोज्दा हुमागाईको मोबाइल अफ थियो ।
भारतको कलकत्ताको भवानीपुर स्थित खालसा हाईस्कूलमा भएको प्रथम महाधिवेशन गरेको कांग्रेसको स्थापना २००६ चैत २७ मा नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसको एकिकरणबाट भएको हो । आगामी मंगसिर २४–२७ गते काठमाडौँमा यस पार्टीको १४ औँ महाधिवेशन हुन गईरहेको छ । राणा शासनको अन्त्य पछि र आम निर्वाचन २०१५ मा, नेपालको पहिलो प्रजातान्त्रिक तवरले निर्वाचित सरकार लगायत पञ्चायत युगको सुरुवातका बीच चारवटा सरकारको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । कांग्रेसले अहिलेसम्म ३ चुनावमा बहुमत ल्याएको छ। यसैगरी २ चुनाव बाट यो पहिलो दल बन्न सफल भएको इतिहास छ । अहिले यो पार्टीको सभापतिमा शेरबहादुर देउवा छन् फेरि पनि उनि सभापतिका बलिया उम्मेदवार हुन ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ६ वटा प्रदेशको नेतृत्व छानिएको छ । प्रदेश १ मा संस्थापन पक्षका उम्मेदवार उद्धव थापा सभापतिमा निर्वाचित भएका छन् ।निर्वाचित थापाले ८ सय ४४ मत ल्याउँदा सभापति पदका अर्का उम्मेदवार गुरूराज घिमिरे पराजित भए । घिमिरे २ मत अन्तरले पराजित भएका हुन । घिमिरे राजाको शाही शासनका बेला गणतन्त्र माग गर्ने बिद्यार्थी नेता थिए । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मत अन्तरले हराउँदै सभापति शेरबहादुर देउवानिकट बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन ।
लुम्बिनी प्रदेशमा भने संस्थापन पक्षका भरतकुमार शाहलाई पराजित गर्दै अमरसिंह पुन सभापतिमा विजयी भए । एक उपसभापति बाहेक संस्थापनइतर समूहका अमरसिंह पुन समूहको प्यानल नै विजयी भएको छ । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतीमा संस्थापन पक्षका वीरबहादुर बलायर विजयी भएका छन् । उनले संस्थापनइतर पक्षका नारायणदत्त मिश्रलाई पराजित गरेका थिए । गण्डकी प्रदेश सभापतिमा भने संस्थापनइतर पक्षका शुक्रराज शर्मा निर्वाचित भएका छन् ।कर्णाली प्रदेशमा संस्थापन पक्षका ललितजङ्ग शाही बिजयी भएका छन् । महाधिवेशन भएका ६ प्रदेशमध्ये ४ प्रदेशमा संस्थापन पक्षका नेता सभापतिमा विजयी भएका छन् । प्रदेश २ को अधिवेशन भने हुन बाँकी छ ।
