निर्विकल्प अध्यक्ष बन्ने ओलीको चाहनामा गम्भीर धक्का पुगेको छ । सर्वसम्मत अध्यक्ष बन्न भीम रावललाई मनाउन सक्थे तर ओली प्रवृतिले गर्दा उनले त्यसो गरेनन् । ओली केपी शर्मा ओलीलाई टक्कर दिदै नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिईछाडे । केपी ओलीले ३०१ को नाम पेश गरेर हलबाट सिधै अनुमोदन गराउन चाहेका थिए तर रावलको टक्करले त्यो सम्भाव भएन । केपी ओलीको वरिपरि घुमेको पार्टी र महाधिवेशन रौनकलाई चुनौती दिँदै उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएर हारेपनि उनको राजनीतिक जित भएको छ । हुन त उनका दाँहिने हात इश्वर पोखरेल बरिष्ठ उपाध्यक्ष, महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदिप ज्ञावली, विष्ण रिमाल, पृथ्वी सुब्बा गुरुङ भएका छन् । काभ्रेबाट गोकुल बास्कोटा र नविना लामा केन्द्रीय सदस्य भएका छन् ।
भावी नेतृत्वका रूपमा सर्वसम्मत देखिएका ओली समक्ष महाधिवेशनको मुखमा तीनवटा चुनौती देखिए । १ नम्बरमा १० बुँदेबाट आएकाहरुको व्यवस्थापन नभएकोले भीम रावलले ओलीलाई टक्कर दिए । २ नम्बरमा आफ्नालाई मिलाउने सकस ओलीमा देखियो । नवौँ महाधिवेशनदेखि नै ओलीको पक्षमा खुल्दै आएकाहरुलाई मिलाउन ओलीलाई निक्कै कठिन भयो । पार्टी फुटको चोट नसेलाउँदै सुरू हुन लागेको नेतृत्व छान्ने महाधिवेशनमा पदाधिकारी संख्याको तुलनामा ओलीलाई साथ् दिने आकांक्षी बढी देखिए । ३ नम्बरमा माओवादी छाडेका नेताको व्यवस्थापन गर्न ओलीलाई हम्मे हम्मे पर्यो । महाधिवेशनमा पुर्व माओवादी नेताहरुले ओली सामु लम्पसार परेर अन्तरघुलित भए । एमालेमै रहेर लामो समय राजनीति गरेका नेताको व्यवस्थापनमा सकस परिरहेका बेला सर्वोच्च अदालतको आदेश पनि एमाले र माओवादी बेग्लाबेग्लै पार्टी भएपछि रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहलगायतका नेता एमालेमा समाहित भएका छन्। विगतमा भन्दा पनि केपी ओली झन् बलियो भए पनि चिन्तित छन्र् । अत्यन्तै त्रसित छन् । आफ्ना पक्षमा रहेका नेताहरूसमेत सहमतिको नाममा पदाधिकारी गुमाए पछि उनलाई भावी दिनमा को –कसले कस्तो सहयोग गर्छ त्यो हेर्न बाँकी छ ।
उता नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले एमालेबाट विद्रोह गर्नुको कारणबारे बुझ्न चितवनको कुम्भ मेला (महाधिवेशन) नै काफी भएको टिप्पणी गरेका छन् । एमालेमा फरक मत राख्नेमाथि अत्याचार हुने गरेको नेपालको भनाइ छ । जनताको बहुदलीय जनवादका गफ मात्रै हाँक्ने, कुनै पनि जनवादी अधिकारहरु प्रदान नगर्ने, त्यसबाट वञ्चित गर्ने, विचारको बहसहरु सञ्चालन नगर्ने, आदेशको पालन गर्ने, त्यो प्रवृत्तिले नै प्रष्ट पार्दछ कि अब त्यो नेकपा एमाले कम्युनिस्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन, त्यो अब अधोगतितर्फ गइसकेको छ, दक्षिणपन्थी बाटोतर्फ लागिसकेको छ,’ नेपालले भने। नेपालले नेकपा एमालेलाई विदेशीको दलालीले मात्र प्रशंसा गर्न सक्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले महाधिवेशन उद्घाटनमा एमालेको उच्च प्रशंसा गर्नु स्वभनीय नभएको बताए।अहिले वामपन्थी र लोकतान्त्रिक शक्तिहरु मिलेर ५ दलीय गठबन्धन सरकार बनाएको र मुलुक र संविधान मास्नेहरुबाट मुक्ति दिलाएको नेपालले दाबी गरे।नेता नेपालले देशलाई प्रगतिको दिशामा अघि बढाउनका लागि नेकपा एकीकृत समाजवादी लागि पर्ने बताए ।
