नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई यहि मगसिर १० देखि १२ गते सम्म हुने एमालेको दशौ अधिवेशन देखि मान्छेबाट देउता बनाइदैछ । एमालेमा माधवकुमार नेपालको बिद्रोहपछि ओली हावी मात्र भएका छैनन ,एमालेमा आन्तरिक लोकतन्त्र पूर्ण निलम्बनमा परेको छ । एमालेको पार्टी जीवनमा सबैभन्दा कम उत्साह भएको महाधिवेशननै यहि हो । नेपालको कम्युनिष्ट पार्टीमा यसाघी यस्तो कहिल्यै भएको थिएन । जतिजति महाधिवेशनको दिन नजिक आउंदैछ नेताहरूको उकुसमुकुस एकदमै बढेर गएको छ । ओलीको अगाडि सबै निरही सावित भएका छन् ।
यो महाधिवेशनमा मुख्य रुपमा केपी ओलीको प्रशंसा र माधव नेपाल र प्रचण्डलाई गाली गर्ने काम गरेर सकिन्छ । यस्तो हुनु एमालेको लागि मात्रै नभई देशकै लागि एकदमै दुर्भाग्यपूर्ण हुन्छ । उता चितवनमा महाधिवेशन राखेर मलाई सिध्याउन खोजेका भनेर प्रचण्ड डराएका छन् । उनि पनि बुर्जुवा पार्टीमा परिणत भएका छन् । प्रचण्ड जस्तो नेताले यस्तो नालायक कुरा गरेको सुहाउदैन । चुनाव हराउछन भनेर उनको मुटुमा ढ्याङग्रो ठोकिएको छ ।अब कताबाट चुनावमा उठौं भन्ने चिन्ता प्रचण्डमा छ । यो सबै अवस्था प्रचण्डका कारण निम्तिएको हो । ओलीको जालमा परेर उनले पार्टी एकता गर्न नै हुँदैन थियो ।
एमाले महाधिवेशन भनेको पोष्टर साजसज्जा गर्ने, होटलमा बस्नेओलीको जयजयकार गर्ने काम मात्र हुने भएको छ । महाधिवेशनमा केही पनि छलफल हुने छैन् । सबै प्रतिनिधिहरु ओलीको चाहना जे छ त्यही अनुसारको नारा पोष्टर, लोगो र ब्यानर बनाउँदैछन । ओलीलाई यस्तो कामका लागि सोध्न नि पर्दैन । उनीहरू बाउको इच्छालाई छोराछोरी र भाइभतिजाले गर्ने जस्तै काम गर्दैछन । के यस्तै हो त कम्युनिष्ट पार्टीको महाधिवेशन ?
नेकपा एमालेले १०औँ राष्ट्रिय महाधिवेशन प्रचण्डलाई देखाउन, उनका मान्छे तन्न चितवनको नारायणी किनारमा उद्घाटन गरिने छ । ओलीले रामबहादुर थापा मगर जस्तो इमान्दार सिपाही पाएका छन् । उद्घाटन नारायणी नदि किनारमा गरे पनि बन्द सत्र भने सौराहामा गर्ने भएपछि भने सौराहाका होटल व्यवसायीहरू उत्साहित भएका छन् । एमालेको बन्द सत्रका बेला सौराहामा इतिहासमा पहिलो पटक सबैभन्दा बढीको कारोबार हुने व्यवसायीहरूको अनुमान छ । एमालेको बन्द सत्र ११ र १२ मंसिरमा सौराहाको सेभेन स्टारमा हुँदै छ । कोरोना कहरले थालापरेका होटल ब्यबसायीहरुलाई एमाले महाधिवेशनले केही राहत दिएको छ ।
