प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालको गठबन्धनको सहकार्य आगामी उपनिर्वाचनसम्म मात्र भएको स्पष्ट पारेका छन् ।आगामी स्थानीय प्रदेश र संघीय आम चुनावलाई ध्यान दिदै पार्टी भित्र ध्वंसात्मक होइन लोकतान्त्रिक , मैत्रीपुर्ण आन्तरिक प्रतिष्पर्धा गर्न निर्देशन दिएका छन् । आगामी चुनावमा गठबन्धन गर्नेबारे कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिदै सभापति देउवाले गठबन्धनको सहकार्य प्रतिनिधिसभासम्म नहुने स्पष्ट पारेका हुन् । त्यसै अनुसारको तयारी गर्न पनि केन्द्रिय सदस्यहरुलाई निर्देशन दिएका छन् । देउवाको यो घोषणा पछि माओवादी केन्द्र र एकीकृत समाजवादी जस्ता बिपक्षि दलहरु निरास भएका छन् भने एमाले र काङ्ग्रेसमा हर्ष छाएको छ । संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेपछि माधवकुमार नेपालले एमालेबाट बिद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठन पछि देउवाको प्रधानमन्त्री पद सुरक्षित भएको थियो ।
नेपाली कांग्रेसको आइतबार बसेको बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा देउवाले आगामी प्रतिनिधिसभाको बैठकमा गठबन्धन गर्ने बारे कुनै सहमति नभएको प्रम देउवाले जिकिर गरे । देउवाले गठबन्धन दलहरूबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रियसभा चुनावसम्ममात्रै सक्रिय हुने दोहो¥याए । गत कात्तिक २२ मा बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र (समन्वय समिति) गठन गरेको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपालको जति धेरै आलोचना गरे पनि प्रचण्ड र माधवकुमार नेपालको देश दौडाह सक्रियता झन् बढ्दो छ। प्रचण्ड देश दौडाहमा जाँदा बिरामी पनि परे अहिले घरमा आराम गरिरहेका छन् । यो बेला उनी पूर्व सहकर्मीको साथ चाहिरहेका छन् । प्रचण्डले निकट भविष्यमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग एकता गर्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आपूm पछाडिको बरियता क्रममा विप्लवलाई राख्ने भएको बुझिएको छ । पछि माधवकुमार नेपालको पार्टीसँग एकता भए तीन नम्बरमा राख्ने बचन पनि दिएको बुझिएको छ ।
संसद पुनर्स्थापना र गठबन्धनको सरकार बनाउन माधव नेपालको भूमिका महत्वपूर्ण भएकोले प्रधानमन्त्री देउवाले प्रचण्डलाई भन्दा नेपाललाई बढी महत्व दिएको बताईन्छ । त्यसैले गठबन्धनका नेताहरु मध्ये नेपालसँग मित्रतालाई देउवाले र प्रचण्डले उत्तिकै महत्व दिएका छन् ।
‘प्रधानन्यायाधीशको दुष्प्रचार’
हिजो सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले जारी गरेको विज्ञप्तिलाई पूर्व न्यायाधीशहरुको फोरमले न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरेको दुष्प्रचारका रुपमा अर्थ्याएको छ। बारलाई वार्तमा आउन जबराले जारी गरेको वक्तव्यका विषयमा सोमवार पत्रकार सम्मेलन गर्दै पूर्व न्यायाधीशहरुको फोरमले यस्तो निष्कर्ष निकालेको हो।फोरमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’प्रधानन्यायधीश चोलेन्द्र शम्मशेर राणाबाट जारी गरिएको वार्ताको लागि आह्वानको विज्ञप्ति न्यायको विचलन भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयासमात्र हो। यो न्यायलयको हितमा रहेको देखिँदैन ।’
