IMG-LOGO

एमालेमा केपी शर्मा ओली निर्विकल्प

 मंगल, कार्तिक २३, २०७८  -

       प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकोे १० औँ महाधिवेशन चितवनमा हुने कारणले चर्चा छ ।  पहिला जस्तो अध्यक्षसहित पदाधिकारीका सबैजसो पदमा आकाङ्क्क्षीहरू तत्कालै धेरै देखिएका छैनन्  किनभने देशभरि ओलीको बाहेक कसैको चर्चा छैन ।  एमालेमा ओली बाँचुन्जेल उनि निर्विकल्प महान नेता  हुने पक्का छन्  । चितवनको नारायणी किनारमा हुने महाधिवेशनमा अन्य विषयहरूको तयारी सकिँदै गएको नेताहरूले बताएका छन् । तर एमालेका नेताकार्यकर्ताले आगामी महाधिवेशनबाट कस्तो नेता नेतृत्वमा आउनुपर्छ भन्ने बारेमा भने खासै चर्चा गरेको पाइँदैन । अध्यक्ष केपी शर्मा ओली फेरि पनि अध्यक्षमा दोहोरिने  छन् चुनावमा बहुमत ल्याएर ५ बर्ष शासन गर्ने ओलीको चाहाना हो  ।

       पहिला अध्यक्षमा विष्णु पौडेल, इश्वर पोखरेल, भीम रावल लगाएतका केही नेताहरूको चाहना भए पनि यी नेताहरू तत्काल अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्ने अवस्था छदै  छैन सबै ओलीको छाँयामा परिसकेका छन्  । अब मात्र ओलीलाई अनुमोदन गर्न बाँकी दिन कुर्नु पर्ने भएको छ । फुटेको पार्टीलाई देखाउन भए पनि   अध्यक्षमा नेता ओली र अन्य पदाधिकारीमा पनि हाल कायम रहेका नेताहरूलाई नै सर्वसम्मत बनाउने छलफल भइरहेको थाह भएको छ ।एमाले उपाध्यक्ष युवराज ज्ञवालीले महाधिवेशनको हलमा प्रवेश गरेपछि नेतृत्वको बारेमा छलफल हुने बताएका छन्  ।यसअघि पार्टी नफुट्दै माधवकुमार नेपाल अध्यक्षको प्रतिस्पर्धीको रुपमा उत्रिए पनि पार्टी फुटेसँगै एमालेमा पदाधिकारीको दावेदार सार्वजनिक रुपमा कोही खुलेका छैनन् खुल्ले पनि छैनन् ।

       अहिले जतापनि केपी शर्मा ओलीको जयजयकार छ ।  जयजयकार नगर्नेहरु पाखा लागेका छन्   कि त बिद्रोह गरेका छन् । प्रधानमन्त्रीका रूपमा आफ्नो दोस्रो कार्यकालमा ४१ महिना नेपालको शासनको नेतृत्व गरेका केपी शर्मा ओलीसँग कार्यकारी प्रमुखका रूपमा ’’इतिहास रच्ने स्वर्णिम अवसर’’ भए पनि ’’आफू केन्द्रित राजनीतिमा रुमलिँदा त्यो गुमेको’’ मात्र फेरी प्राप्त हुने अवस्था छैन । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकृत गरी नेपाल कम्युनिस्ट पार्टीको (नेकपा) निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भनिएका ओलीले जति जस पाएका थिए  त्यति नै “अपजस“ पार्टीलाई सम्हाल्न नसक्दा सग्लो एमाले पनि ओलीले गुमाएका छन ।

एमाले अन्तरपार्टी निर्देशन–१४ मा के छ ?

       नेकपा (एमाले)को आगामी दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि २०७७ चैतसम्म पार्टी सदस्यता लिएका सङ्गठित सदस्यमात्र सहभागी हुने भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–१४ मा २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका सङ्गठति सदस्यले मात्र महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको छ । ती प्रतिनिधिले महाधिवेशनमा मतदान गर्न पाउनेछन् । 

       एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार चैतसम्ममा सात लाख ३८ हजार पार्टी सङ्गठित सदस्य रहेका थिए । अहिले नौ लाख सङ्गठित सदस्य पुगेको उनको भनाइ रहेको छ । महाधिवेशनमा एक हजार ९९९ जना प्रतिनिधि सहभागी हुनेछन् । एमालेले महाधिवेशनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत एक हजार २०० पार्टी सदस्यबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले प्रतिनिधि, त्यसपछि ८०० सम्मले थप एक÷एक जना प्रतिनिधि निर्वाचित गर्नेछ । जनवर्गीय सङ्गठनबाट पाँच जनाका दरले महाधिवेशन प्रतिनिधि हुनेछन् । एमालेले यही कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि चयन गर्दै छ । प्रतिनिधि चयन गरिसकेपछि कात्तिक ३० गतेसम्म केन्द्रीय सङ्गठन विभागमा पठाउन निर्देशन दिइएको छ । एमाले महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्