नेपाली कांग्रेसको अभिष्ट चाहाना अर्ली इलेक्सन नै हो । पहिलोपल्ट खड्ग ओलीले संसद विघटन गर्दा नेपाली कांग्रेसको चाहाना चुनावमा जाने थियो । ओलीको कदमलाई पूर्व प्रधान न्यायाधीश , नागरिक समाजले प्रतिगमन भनेपछि मात्र कांग्रेस ओलीको कदम विरुद्ध लागेको थियो । ओलीले शासन सत्तामा रहंदा बत्ति बालेर खोज्ने जस्तै, कांग्रेस चुपचाप थियो । संसदमा गगन थापा र प्रदिप गिरी बोलेपछि मात्र कांग्रेस छ जस्तो आभास भएका बेला नेपाली कांग्रेस छिटो चिनाव चाहन्थ्यो । अहिले नेपाली कांग्रेसको १४ औ महाधिवेशन पछि अर्ली इलेक्सनामा जाने सहमति भित्र भित्रै भएको कुरा फ्यात प्रचण्डले खोलेका छन् । अर्ली इलेक्सनको बहस चलिरहेको छ । बहस हुनु ठूलो विषय भएन, कार्यान्वयन हुन सक्छ÷सक्दैन या हुनुपर्छ÷पर्दैन, योचाहिँ महत्वपूर्ण हो । यसलाई राजनीतिक र संवैधानिक पाटोबाट हेरिनु जरुरी छ । आर्थिक र प्रशासनिक पक्षपनि त्यत्तिकै महत्वपूर्ण छ ।
हिजो सोमवार नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले दशैं, तिहार छठ तथा नेपाल संवत् ११४२ को अवसरमा आयोजना गरेको शुभ–कामना आदानप्रदान कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले वर्तमान सत्तारुढ गठबन्धन तोड्नका लागि अनेकौं षडयन्त्रहरू भइरहेका बताउँदै यो गठबन्धन तोड्न देशी विदेशी लागेका र एमालेले पनि संसद चलन नदिए पछि गठबन्धनको सहमति तीन तहको निर्वाचन एक्कैपल्ट गराउने विषयमा कुरा अघि बढेको हो । यो कुराको पुष्टि गर्दै नेकपा माओवादीका अध्यक्ष प्रचण्डले गर्दै हिजो भने – तीनै तहको निर्वाचन एकैपटक गर्न सकिन्छ कि भनेर छलफल चलिरहेको बताए । तीनै तहको चुनाव एकैपटक गर्न सके चलखेल र षड्यन्त्र हुन नपाउने भन्दै उनले राज्यलाई आर्थिक बोझ पनि कम हुने बताए । उनले पहिले संघको निर्वाचन गराएर मात्रै स्थानीय तहको निर्वाचन गर्ने विचारहरू पनि छलफलमा आएको जानकारी दिए ।
उनले भने, ‘सकियो भने सबभन्दा राम्रो राज्यलाई कम भार पर्ने, जनतालाई कम दुःख हुने भनेको तीनै तहको निर्वाचन एकैचोटी गर्ने । प्रदेश अनुसार चरण–चरण गरेर गर्ने तीन चरण । गन्ने काउन्टिङ चाहिँ एकैचोटी गर्ने ग¥यो भने त्यो धेरै चलखेल, षड्यन्त्र पनि हुन नपाउने, धेरै आर्थिक बोझ पनि राज्यको कम हुने, राजनीतिक दलहरूलाई पनि सजिलो हुने हो कि भन्ने एउटा विचार छ । अर्को, ३ वटैको गर्दा प्राविधिक गाह्रो पर्छ कि भन्ने तर्क छ र पहिला संघको निर्वाचन गर्ने अनि त्यसपछि स्थानीय तहको गर्ने कि भन्ने विचार पनि छ । यी २ वटा विचारको बीचमा छलफल चलिराखेको छ ।’
अहिले गठबन्धन चुनाव सम्म संगै जाने तयारीमा छ । उता प्रचण्ड भने उपेन्द्र यादवको जसपासँग पार्टी एकता गर्न प्रस्ताव गरेका छन् । प्रचण्डले त् विप्लव देखि किरण सम्म पार्टी एकता गर्न आफ्ना दुत पठाएका छन् । यो बिचमा खड्ग ओली पनि विभिन्न दुत मार्फत विप्लव र सिके राउतलाई मोर्चा गर्न संदेश पठाएका छन् । अहिले ओली र एमालेको ध्यान संगठन सुदृढीकरण गर्न लागि परेको छ ।
चुनावकै लागि दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेको एमाले अर्ली इलेक्सनका लागि तयार नहुने प्रश्नै रहेन । त्यसैले यसबारे एमालेसँग सरसल्लाह गर्नु जरुरी छैन । कथंकथाचित चुनाव घोषणा भइहाल्यो भने पनि किन घोषणा गरिस् भन्न सक्ने नैतिक तागत एमालेसँग छैन । महन्थ ठाकुर र नारायणमान बिजुक्छेको पार्टी प्रतिनिधिसभा विघटनकै पक्षमा रहेका हुँदा यिनमा पनि खासै समस्या रहेन । अब रह्यो सत्तारूढ गठबन्धन । गठबन्धनका दलहरूलाई ओलीले सत्तामा हुँदा घेराबन्दीमा पार्ने असफल प्रयास गरेकै कारण नै यो मोर्चाबन्दी बनेको हो । यो बाध्यताको उपज पनि हो । हिजो आफूलाई घेराबन्दी गर्ने र भित्तामै पु¥याउने ओलीको हर्कतलाई गठबन्धनले बिर्सेको छैन भने एकताबद्ध भएर अर्ली इलेक्सनमा जान ढिला गर्न हँुदैन । गठबन्धनले यो बुझ्न जरुरी छ ।
