कोभिड (१९ ले संसारकै पर्यटन उद्योग धरासायी भएका बेला हाम्रो देशको पर्यटन पनि अछुतो रहन सकेन । भिजिट नेपाल २०२० को आशामा पर्यटनमा लगानी गर्ने हजाराँै नेपाली घर न घाट भएका छन् । कोभिडले एक महिना मात्र असर गरेन दुई बर्षसम्म छिटफुट खुल्दा यो उद्योग नै कोमामा पुग्यो । अहिले पनि कोरोना भाइरसको जोखिम उत्तिकै छ तर पनि आन्तरिक र बाह्य पर्यटन खुल्ने । दशैँ तिहारको अवसरमा घुम्ने नेपालीहरुको संख्या बढ्न थालेको छ । प्रचण्डले धुलिखेलमा जीपलाईन चढ्दा कोमामा पुगेको पर्यटनमा तरंग मात्र आएन यसका सकारात्मक र नकारात्मक टिप्पणी भएका छन् । देशको पर्यटन उद्योगका लागि सकारात्मक सन्देश प्रवाह भएको छ । नातिनातिनासँग सुकुटे हुँदै कार्तिक ५ गते धुलिखेलको सिमाना खावा नजिकै रहेको जिपलाईनको मज्जा लिए। प्रचण्डले जीपलाइन चढेपछि धुलिखेलको पर्यटनमा भने यसले निकै फाइदा पु¥याएको छ । अहिले धुलिखेलमा जीपलाइन चढ्न आउने आन्तरिक पर्यटकहरूको संख्या ह्वात्तै बढेको जीपलाइनका सञ्चालक वल्र्ड वाइड एड्भेन्चर प्रालि अध्यक्ष केदार थापाले हामीलाई बताए ।
धुलिखेलमा जीपलाइन छ भन्ने कुरा प्रचण्ड आएपछि मात्रै धेरैलाई थाहा भयो । जीपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जीपलाइन दूरी ११ सय मिटर छ । भर्टिकल ड्रप २४० फिट रहेको जीपलाइन ७० किलोमिटर प्रतिघण्टाको औसत गतिमा पार हुन्छ । काठमाडौंबाट करीब ३५ किलोमिटर दूरीमा रहेको जीपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा शुरू भएको हो । धुलिखेल स्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जीपलाइनको ल्याण्डिङ स्टेसन छ । क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरी ३ प्रकारका जीपलाइन खेल्न पाइन्छ ।
खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायतका हिमाल समेत अवलोकन गर्न सकिनेछ । कोरोना कहरले बन्द भएको धुलिखेल जीपलाइन ६ महिना बन्द भएको थियो । क्लासिक जीपलाइनको २ हजार ५ सयमा छुट गरी १ हजार ७ सय ५०, सुपरम्यान जिपलाइनको ३ हजार पाँच सयमा छुट गरी २ हजार ४ सय ५० र टेण्डम (जोडी) जीपलाइनको ४ हजार ५ सयमा छुट गरी ३ हजार १५० शुल्क लाग्छ । जीपलाइनसँगै फोटो(भिडिओ प्याकेजमा समेत छुटसमेत छ । क्लासिक र सुपरम्यान जीपलाइनमा फोटो र भिडिओको लागि ७०० रूपैयाँ लाग्ने भए पनि हाल २०० रूपैयाँ कायम गरेको र टेन्डम (जोडी) जीपलाइनमा फोटो र भिडिओको लागि एक हजार रूपैयाँ लाग्ने भए पनि हाल ३०० रूपैयाँ कायम गरिएको छ ।
२०७५ फागुनदेखि व्यवसायिक रूपमा धुलिखेल जीपलाइन शुरू भएको हो । धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जीपलाइनको ल्याण्डिङ स्टेसन छ । क्लासिक, सुपरम्यान र टेण्डम (जोडी) गरी ३ प्रकारका जीपलाइन खेल्न पाइन्छ । जीपलाइनसँगै ट्रि अप (रूखमाथि नै बसेर खान मिल्ने गरी बनाइएको) रेस्टुरेन्ट पनि छ । खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायतका हिमाल समेत अवलोकन गर्न सकिने छ । सिन्धुपाल्चोकका केदार थापा अध्यक्ष र काठमाडौका भुपेश श्रेष्ठले वल्र्ड वाइड एड्भेन्चर मार्फत धुलिखेल जीपलाइन, रिसोर्ट र एडभेन्चर पार्क सञ्चालनमा ल्याएका हुन् ।
प्रचण्डका सौख पनि अजिव अजिवका छन । घोडा चढ्नु , फुटबल र ब्याडमिन्टन खेल्नु मात्र होइन साहासिक खेल जीपलाईन खेल्नु पनि थपिएको छ तर नेपालीको जीवन स्तर अनुसार रिसोर्ट रिसोर्ट चाहर्नुलाई भने धेरैले नकारात्मक टिप्पणि गर्ने गरेका छन् ।
