IMG-LOGO

फेरि संसद विघटन हुने संकेत

 मंगल, असोज ५, २०७८     टाइम्स विश्लेषक

     नेपालमा फेरि संसद विघटन हुने संकेतहरु देखा पर्दैछन् ।  नेकपा एमालेको लगातार संसद अवरोध मध्यावधि चुनावको लागि हो। यो संसदबाट एमसीसी पास नगर्ने हो भने संसद बिघटन गरिदिए हुन्छ भनेर एमसीसी उपाध्यक्ष फातिमा सुमारर्ले कान फुकेर गएका हल्लाहरु बाहिर आएका छन् ।कालापानी लिम्पियाधुरा र लिपुलेकलाई चुच्चे नक्सामा हाल्न बर्तमान संसदले पास गरेपछि भारतीय रःह का प्रमुख सामन्तकुमार गोयलले पनि केपी ओलीलाई संसद बिघटन गर्ने सल्लाह दिएर गएका थिए ।गोयलकै सल्लाहमा उच्चालिएर ओलीले संसद विघटन गरेका थिए । 

     राजनीतिमा देखिएका दृश्य भन्दा नदेखिएका , नसोचिएका घटनाहरु घट्छन । २०१७ साल पुस एक गते , २०५९ असोज १८ गते २०६१ माघ १९ गते २०७७ पुस ५ गते र २०७८ जेठ ७ गते नेपालको राजनीतिमा नकारात्मक प्रभाव पार्ने दिनका रुपमा चित्रण गरिन्छ। राजनितिआम कुन दल वा कुन नेता  को कतिबेला कहाँ  गएर मिल्छ त्यो ठेगान हुदैन । नेपालको राजनीतिकोमात्र होइन विश्व  विश्लेषण विश्लेषकले मिलाउन सक्दैन ।

     नेपाली कांग्रेस १४आउ महाधिवेशनको तयारीमा छ नगर र जिल्ला अधिवेशन सकाएर चुनावमा होमिने र कम्युनिष्ट फुटेको फाइदा छिटो लिने रणनीति कांग्रेसको छ।  त्यसकालागि बर्तमान संसदमा एमसीसी अनुमोदन गर्न ओली र देउवा बीच सम्झौता हुने र गठबन्धन टुट्ने बलियो सम्भावनाहरु देखिदैछन।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको संकेत त्यसतर्फ छ।   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश फेरि प्रतिगमनतर्फ लाग्न सक्ने संकेत गरेका छन् । उनले गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजाने खेल भैरहेकाले यस्तो संकेत देखिएको बताएका छन्। उनको पछिल्लो अभिव्यक्तिले फेरि प्रतिनिधिसभा बिघटन  हुनसक्ने र निर्वाचन घोषणाका लागि तयारी भैरहेको संकेत समेत गरेको छ ।

     जसपा र एमालेबाट माओवादी केन्द्रमा आएका एक दर्जन नेता तथा कार्यकर्ताको अध्यक्ष निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले सो बताएका हुन्। ‘हिजो संसद् विघटन गरेर केपी ओलीलाई मद्दत गर्नेहरू एमसिसीमार्फत गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजान सकिन्छ कि भनेर कसरत गरिरहेका छन्,’ उनले भने ।

     राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताउँदै उनले माओवादी शक्तिका बीचमा एकता र सहकार्य जरुरी रहेकोमा जोड दिए। उनले भने, ‘सबै विगतका माओवादी आन्दोलनमा रहेका साथीहरू एउटै केन्द्रमा आउने वातावरण बन्दै गएको छ। अहिले नआउने पनि केही समयपछि आउनुहुन्छ।’ उनले माओवादी आन्दोलन र यसले उठाएका एजेण्डालाई राष्ट्रियरूपमा फेरि नयाँ उचाइबाट स्थापित गर्ने तथा आन्दोलन र पार्टीलाई फेरि राष्ट्रको नेतृत्व गर्ने गरी विकास गर्ने अवसर आफूहरूमा रहेको बताए ।

     ‘समाजवादी क्रान्तिलाई मार्क्सवादी तरिकाले अगाडि बढाउने पार्टीको रूपमा यो पार्टी र नेतृत्वका लागि अन्तिम अवसर पनि हुनसक्छ। एक चोटी राष्ट्रलाई झक्झक्याएर अगाडि लैजाने अवसर पनि हुनसक्छ। सकिएन भने नराम्रो स्थितिमा आन्दोलन जाने खतरा पनि छ। त्यसकारण सबै क्रान्तिकारीहरूले अब ढिला नगरी एकताबद्ध हुने र आत्मसमीक्षासहित जनताको घरघरमा पुग्नुपर्ने कुरा बताउनुको अर्थ यो हो कि छिति संसद बिघटन हुदैछ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्