IMG-LOGO

एमाले सहभागी नभएपछि सभामुखले बोलाएको बैठक अर्थहीन

 मंगल, भदौ २९, २०७८  --

     प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र एमाले अध्यक्ष खड्गप्रसाद ओली बीचको टकराव पुरानो हो । तत्कालिन सभामुख कृष्णबहादुर महरा रोशनी काण्डमा फसेर पद मुक्त भएपछी निक्कै रस्साकसी बीच सापकोटालाई ओलीले सभामुख बनाउन राजी भएका थिए। झन् ओलीले प्रतिनिधि सभा भंग गर्दा सर्बोच्चमा मुद्ध दिएका कारण ओलीले सभामुख सापकोटालाई झगडिया भनेर आरोप लगाएका थिए ।त्यो बेला देखि नै सभामुखसंग ओली रिसले आगो भएका थिए ।  सर्बोच्चले संसद पुनःस्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि ओलीले यो सरकार, संसद र सभामुखलाई फुटेको आँखाले पनि हेर्न चाहादैनन । त्यसमा पनि आफ्नो पार्टीका १४ जना संसदलाई सभामुख सापकोटाले कारवाही गरेर पद मुक्त नगरेकोमा ओलीले प्रतिनिधि सभालाई नै बन्धक बनाएका छन् ।

     संसदको त्यही गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले सबै दलका शिर्ष नेताहरुलाई  डाकेर सर्वदलिय बैठक बोलाएका थिए तर एमाले पार्टीले सभामुखको बैठक बहिस्कार गर्यो। सोमबार सभामुख सापकोटाले डाकेको सर्वदलीय बैठक निष्कर्षबिना नै सकियो । प्रमुख विपक्षी दल नेकपा एमालेले निरन्तर संसद् बैठक अवरुद्ध गरेपछि सभामुखले बैठक सञ्चालनका लागि सहज वातावरण बनाउने भन्दै सर्वदलीय बैठक डाकेका थिए बैठकमा एमाले नगए पछि अर्थहीन भयो। एमालेको मागछ १४ जना संसदहरुलाई निकाल्नु पर्छ कि त सभामुखले राजिनामा दिनुपर्छ । सत्ताधारी दलका नेता र राजनीतिक विश्लेषक भन्छन दुवै कुरा हुन् सक्दैन ।

     ‘सभामुखले छलफलजारी राख्नु भएको छ । निष्कर्ष केही निस्केको छैन । प्रमुख विपक्षी दलको नेताबिना यो बैठकको औचित्य भएन’ लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संचारकर्मीलाई भने । त्यस्तै जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि एमालेबिनाको छलफल कुनै निष्कर्ष नभई सकिएको बताइन् ।  ‘संसद् एमालेको हो एमालेले कुनै हठको भरमा, लिँडे कुरामा लाग्नु हुँदैन’ उनले भनिन्, ‘संसद् बैठक सञ्चालनका लागि एमालेले वातावरण बनाउनु पर्छ । संसद् भनेको प्रतिपक्षीको हो । अझै एमाले त प्रमुख प्रतिपक्षी पनि हो ।’ आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका प्रेम सुवाल, जनमोर्चाकी दुर्गा पौडेल, कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्