एमसिसी उपाध्यक्ष फतिमा सुमार आज मंगलबार काठमाडौं आउँदै छिन् । अमेरिकी अनुदान मिलेनीअम च्यालेन्ज कर्पोरेशन एमसीसीको चौतर्फी विरोध भइरहेको छ । त्यस कारण यो महिनाभरि नै हाई अलर्टमा रहनु, अहिले एमसिसीविरुद्ध आन्दोलन भइरहेको छ, भारतविरोधी आन्दोलन पनि चर्कन सक्छ। यी विषयलाई ध्यानमा राखेर सुरक्षा अवस्था मजबुत बनाउनु भन्ने निर्देशन छ’, उच्च सुरक्षा स्रोतले भन्यो, ‘सुरक्षा निकाय सधैं नै (२४ सै घण्टा) हाई अलर्ट रहन्छ तर पनि विशेष अवस्था आउन सक्छ भनिएको छ ।’
देउवा सरकारको पहिलो लक्ष एमाले पार्टी फुटाउनु र दोश्रो लक्ष अमेरिकी अनुदान मिलेनीअम च्यालेन्ज कर्पोरेशन(एमसीसी) सम्झौतालाई पारित गर्नु रहेको छ । अमेरिकी अनुदान मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने योजनासहित संसद् अधिवेशन आह्वान गरिएको भनिए पनि सत्तारूढ गठबन्धन दलकै कतिपय नेताहरूले सम्झौता पारित गर्ने विषयमा आफूसँग छलफल नगरिएको बताएका छन्। गठबन्धन धरापमा छ । देउवा र ओलीको चुच्चो मिलन थालेको छ । दुवै आम चुनावको बाटोमा छन् । यसबाट गठबन्धनका नेताहरु झस्किएका छन्।प्रधानमन्त्री देउवा प्रचण्डलाइ त्यति बिश्वास गर्न सकेका छैनन् ।सरकारले एमसीसीबारे थप स्पष्ट पार्न पत्र पठाइसकेको छ। सरकारले सोधेका ११ वटा प्रश्नमा उनीहरूले के जबाफ दिन्छन् त्यसमा निर्भर गर्छ ।
अमेरिकाले नेपालको सडक र विद्युतीकरणको परियोजनाका लागि प्रस्ताव गरेको झन्डै ६० अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान सम्झौता सांसदबाट पारित गर्ने तयारी सरकारले अघि बढाएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गतेबाट सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेसँगै एमसीसीको बहस फेरि सुरु भएको छ।सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनका दलहरूबीच छलफल गरेर मात्रै एमसीसी अघि बढाउने बताएका छन् । अनुदानका लागि राखिएका कतिपय सर्तबारे विभिन्न दलका नेताले प्रश्न गरिरहेका बेला एमसीसीबारे थप प्रष्ट गर्न अर्थ मन्त्रालयले अमेरिकी पक्षलाई पत्राचार गरेको छ ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरूले अमेरिकाले नेपालमा उठेका प्रश्नबारे स्पष्ट गरेपछि एमसीसी पारित गर्ने वातावरण बन्ने बताउने गरेका छन्। कांग्रेस नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महत अमेरिकाले एमसीसीबारे नेपालमा व्यक्त “आशङ्का निवारण“ गरेपछि सांसदबाट पारित गर्ने तयारीमा प्रधानमन्त्री लागिरहेको बताए। एमसीसीका कतिपय प्रावधानमा व्यक्त भएका आशङ्का अमेरिकाले निवारण गर्ने र यसलाई सांसदबाट पारित हुने वातावरण बनाउन प्रधानमन्त्री लागिरहनुभएकै छ,“ महतले भने। एमसीसीको बिरोधमा दिनहु जुलुस र सभा भएका छन् । सामाजिक संजालमा एमसीसी बारेमा बिभिन्न अफबाह भएका छन् । नेपाली जनतालाई एमसीसी अन्धालाई हात्ती जस्तै भएको छ ।
