IMG-LOGO

हैजा आउला भन्ने नगरबासीलाई चिन्ता फोहोर व्यवस्थापन नहुँदा बनेपा नगर दुर्गन्धित

 मंगल, भदौ १५, २०७८  - रमेश प्रसाद न्यौपाने

      काठमाण्डौँमा जस्तै बनेपा नगरपालिकाको मुख्य चोकहरुमा फोहोरको डङ्गुर थुप्रिएको छ । नगरपालिकाले एक महिना देखि फोहोर व्यवस्थापन गर्न नसक्दा शहरका मुख्य चोक चोकमा फोहोरको डङ्गुर थुप्रिएको हो । फोहोरले बनेपा शहर दुर्गिन्धत भएको छ । जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि फोहोर व्यवस्थापनमा गम्भीर नभएका कारण यो समस्या आएको नगरवासीहरु बताउँछन् । नगरपालिकाले ठेकेदार मार्फत बनेपाको फोहोर सिसडोलमा व्यवस्थापन गर्दै आएको थियो । अहिले सिसडोल जाने बाटो विग्रीएकाले काठमाण्डौँसँगै बनेपाको फोहोर पनि व्यवस्थापन हुन सकेको छैन ।

       फोहोर दुर्गन्धित भएपछि पैदल यात्रीहरु नाक थुनेर हिड्न बाध्य छन् । शहरका चोक नजिकका बस्तिहरुका बासिन्दाहरुलाई फोहोरले विरामी नै पारेको छन् । नगरवासीलाई हैजा (झाडा, पखाला) आउला भन्ने चिन्ता छ । नगरपालिका जिम्मेवार छैन् । ७ दिन देखि निरन्तर वर्षात भएका कारण फोहोर फालिएको स्थानमा पानीले फोहोर बगाउँदा शहर नै सुङ्गुरको खोर जस्तो भएको छ । फुटपाथ र अरनिको राजमार्ग दायाँबायाँ हिडि सक्नु छैन ।

       ४ वर्ष अघि बनेपाको फोहोर धुलिखेलको खड्पु नजिकै डम्पीङ साइडमा फोहोर फाल्दै आएकोमा स्थानीयवासीले विरोध गरेपछि फोहोर फाल्न राकिएको थियो । बनेपाको फोहोर नुवाकोटको सिसडोलमा लगेरे व्यवस्थपन गर्दै आएको थियो । लामो समय सम्म नगरपालिकाले फोहोर नउठाउँदा नगरवासीले आ-आफ्नो घरबाट शहरका विभिन्न चोकमा फोहोर फाल्दा शहर नै कुरुप र दुर्गन्धित भएको छ । फोहोर व्यवस्थापन एक्कासी अबरोध किन र कसरी भयो भन्ने सन्दर्भमा बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीसँग प्रश्न राख्दा उहाँको प्रतिक्रिया यस्तो थियो- “विगत डेढ वर्ष देखि नै अस्थायी रुपमा बनेपामा उत्पादन भएको फोहोर नुवाकोट जिल्लाको सिसडोलमा लगिदैँ आएकोमा निरन्तर परेको अविरल वर्षातका कारण पहिरो खस्ने हिलोको कारण अगाडि र पछाडि जान नसक्ने भएको हुँदा विगत १ महिना देखि काठमाण्डौ, ललितपुर जिल्लाको समेत फोहोर उठ्न सकेको छैन् । बनेपाको फोहोर पनि सिसडोलमा लागिँदै आएकोमा बाटो अवरुद्ध हुँदा समस्या आएको हो । फोहोरको दीर्घकालीन समस्या समाधानको लागि जग्गा खोज्ने, अध्ययन गर्ने, बनेपाको ९ नं. वडामा फोहोरको व्यवस्थापनका लागि आइइई गर्ने कार्य गरियो । स्थानीय कै अवरोधका कारण प्रविधिको विकासलाई उपयोग गरेर कार्य गर्न कठीन भयो । त्यस्तै गरी ११ र १४ नम्बर वडाको बञ्चरे भन्ने ठाउँमा फोहोरको व्यवस्थापनको लागि जग्गा लिने कार्य भएको छ । पूर्वाधार विकास अघि बढाएर दिर्घकालीन व्यवस्थापनका लागि कार्य अघि बढ्छ । अल्पकालीन समस्या समाधान १ महिना भित्र हुन्छ । यो अवधि भित्र नगर वासीले घरघरमा उत्पादन भएको कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने कुहिने फोहोरलाई मल बनाउने नकुहिने फोहोरलाई होल्ड गरेर जम्मा गरेर राख्ने जथाभावी कहिकतै नफाल्ने गर्न समेत नगरबासीलाई आग्रह गर्न चाहन्छ्ु ।”  

       फोहोर व्यवस्थापनका सबन्धमा बनेपा नगरपालिकाको दीर्घकालीन योजना के छ चुनाव आउँदै छ । यसरी फोहोरको व्यवस्थापन नहुँदा जनताले भोट नदेलान भनेर सोच्नु भएको छ त भनेर बनेपा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष वणर् शाक्यलाई सोध्दा उहाँको प्रतिक्रिया यस्तो थियो -“विगत ४ वर्ष देखि नै नुवाकोट जिल्लाको सिसडोलमा यहाँ उत्पादन भएको फोहोर ग्रिन पिस इन्भारोमेन्ट प्रा.लि सँग सम्झौता गरेर फोहोरको व्यवस्थापन गरिदै आएको थियो । अविरल वर्षातका कारण सिसडोलमा पहिरोको कारण बाटो बन्द हुँदा यहाँको फोहोर उठ्न सकेको छैन् । यहाँले जहाँसम्म  दीर्घकालीन योजना के छ भन्नुभयो । हामी निर्वाचित भइसकेपछि फोहोरको उचित व्यवस्थापन गर्न जग्गाको खोजी गरी प्रदुषण रहित मेशीन ल्याएर कार्य गर्न खोज्दा प्रतिपक्ष पार्टीका नेता कार्यकर्ताको  विरोध गरेर कार्य गर्न दिइएन् । विपक्ष पार्टीले असहयोग गरे । बनेपा नगरपालिका वडा नं ११ र १४ मा गुठीको जग्गा र ४०/५० रोपनी जग्गा नगरपालिकाले खरिद गरेको छ । नगरको फोहोरको दिर्घकालीन व्यवस्थापनको लागि भौतिक पूर्वाधारको निर्माणका लािग केन्द्रीय सरकारसँग बजेट माग गरिएको छ । नगरको प्रमुख समस्या नै फोहोरको उचित व्यवस्थापन र खानीपानीको प्रवन्ध हो । हामीले त्यस विषयलाई गम्भीरताका साथ लिएर कार्य अघि बढाएका छौँ ।”

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्