IMG-LOGO

सभापति देउवालाई हराउन कांग्रेसको वडा अधिवेशन अघि केन्द्रीय नेता एकजुट हुँदै

 मंगल, भदौ ८, २०७८  झंकेश्वर दास

     नेपाली कांग्रेसको वडा अधिवेशन आउन १० दिन मात्रै बाँकी छ । नेपाली कांग्रसको वडा अधिवेशन नजिक आउँदा गाउँ र नगरका वडा समितिहरु चलमलाएका छन् । कांग्रेसका संस्थापनइतर शीर्ष नेताहरू महाधिवेशन तयारी केन्द्रित छलफलमा जुटेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल सहित उनी पक्षका नेताहरू सोमबार बत्तिसपुतलीमा छलफल गरेका थिए । छलफल मुख्यगरी पार्टीको १४ औं महाधिवेशन तयारीमा केन्द्रित रहेको थियो । कांग्रेसले यही भदौ १८ मा देशका छ हजार ७ सय ४३ वडामा कांग्रेसको अधिवेशन गर्दैछ। तर क्रियाशील सदस्यताबारे देखिएका विवाद समाधान भएका छैनन् । पौडेल पक्षले क्रियाशील सदस्यतामा देखिएका विवाद तत्कालै समाधान गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउनु पर्ने पनि माग गरिरहेका छन् ।

     वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्व सह–महामन्त्रीद्वय अर्जुननरसिंह केसी र रामशरण महत तथा केन्द्रीय सदस्य बलबहादुर केसी र शेखर कोइराला लगायत नेता सोमबार छलफलमा जुटेका थिए । क्रियाशील सदस्यता छिटो टुंग्याउन आग्रह गर्ने, वडा अधिवेशन भदौ १८ मै गर्ने वातावरण तयार पार्न ध्यानाकर्षण गराउने र त्यसअगाडि नै सहमतिमै सभापतिको उम्मेदवार तय गर्नेबारे हिजोको छलफल गरिएको छ ।

     ‘वडा अधिवेशन अगाडि नै सहमतिमै सभापतिको उम्मेदवार तय गरेर देशैभर एकताको सन्देश दिने समझदारी भएको छ,’ केसीले ‘यसबारे फेरि बसेर छलफल गर्छौं ।’वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, केन्द्रीय सदस्यहरू सुजाता कोइराला, शेखर कोइराला सभापति उठ्ने तयारीमा छन् । उनीहरूमध्ये एक जनालाई आफ्नो तर्फबाट सभापति तय गर्नेबारे आज पौडेल पक्षले छलफल गरेको हो । साथै उनीहरूले वडा अधिवेशन अब सार्न नमिल्ने बताएका छन् । क्रियाशीलको सूची निर्वाचन समितिले जिल्ला–जिल्लामा पठाउन बाँकी नै छ,’  ‘क्रियाशील सदस्यता विवाद मिलाउन ढिलाइ गर्दै जाने हो भने त भदौ १८ मा वडा अधिवेशन नहुने पो हो कि भन्ने आशंका पनि छ ।

     केन्द्रीय समितिले बनाएर दिएको मापदण्डअनुसार नै अगाडि बढ्ने हो भने क्रियाशीलमा देखिएका विवाद छिटो टुंगिने छ । क्रियाशील सदस्यतामा देखिएका विवाद हल गर्ने जिम्मेवारी केन्द्रीय समितिले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकलाई दिएको थियो । हिजो सोमबार सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाइ सकेका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्