अफगानिस्तानमा रहेका नेपालीहरु जोखिम रहेका छन् । बिभिन्न संचार माध्यममा नेपालीहरु आएर आफुलाई नेपाल ल्याउन आर्तना गरिरहेका छन् । उनीहरूले आफूहरू निक्कै जोखिमपूर्ण अवस्थामा रहेको बताउदै अफगानिस्तानमा युद्ध भएकाले भोलीका दिनमा जे पनि हुन् सक्ने बताएका छन। यो जोखिमपूर्ण अवस्थामा नेपाल सरकारले कुनै व्यवस्था गरेर नेपाल फर्काउन अनुरोध गरेका छन् ।
वैदेशिक रोजगारीका लागि अफगानिस्तानको राजधानी काबुलमा झन्डै पांच हजार नेपाली भएको अनुमान छ । ति सबै नेपाली अमेरिकी नियोगका साथि अमेरिकी कम्पनी र बिभिन्न देशका नियोगमा सुरक्षा गार्डका रुपमा काम गर्ने बताईन्छ। त्यसबाहेक श्रम स्वीकृति नलिई भारतीय बाटो हुँदै काबुलमा पुगेर काम गरिरहेका नेपाली कामदार अहिले अलपत्र परेका हुन् । उनीहरुको उद्धारको जिम्मेवारी कसैले लिएका छैनन् । समाचार श्रोतका अनुसार अलपत्र पर्ने नेपालीलाई होटल र घर भाडा लिई राखिएको छ । नेपाल सरकारले अफगानस्तानमा रहेका सबै नेपालीलाई छिटो उद्दार गर्न चौतर्फी आवाज उठेको छ । अफगानिस्तानमा अमेरिकी सेना हटेपछि राजधानी काबुल तालिबानले नियन्त्रणमा लिएको छ। अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश आइतबार नै छाडेका थिए । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका थिए ।
काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ। यो समाचार लेखिरहँदा नागरिक उडान बन्द छ। अमेरिकाले आफ्ना नागरिक र उसलाई सहयोग गर्ने बिभिन्न देशका नागरिकलाई उद्दार गरेतापनि नेपालीलाई वास्ता गरेको पाईदैन। अमेरिका , बेलायत र युरोपेली मुलुकका नागरिक घर फर्किने कर्म जारी छ। तर रुस र चीनले आफ्नो नियोग हटाउने कुरा गरेको छैन । अफगानिस्तान घटनामा चीनको पछिल्लो प्रतिक्रिया यस्तो छ – अफगानी जनताको इच्छा र छनोटको सम्मान गर्दछौं ।
हो हुन् तालिबान ?
पाश्तो भाषामा तालिबानको अर्थ “विद्यार्थीहरू“ भन्ने हुन्छ। अफगानिस्तानबाट सोभियत सेनाको फिर्तीपछि सन् १९९० को दशकमा उत्तरी पाकिस्तानबाट उनीहरूको उदय भएको हो ।
मुख्यतः पाश्तुन आन्दोलन सुरुमा धार्मिक सङ्घसंस्थाबाट प्रारम्भ भएको विश्वास गरिन्छ जुन सङ्घसंस्थाले सुन्नी इस्लामको कडा धार सिकाउने साउदी अरबबाट आर्थिक सहयोग पाए।तालिबान समूहले अफगानिस्तान र पाकिस्तान जोडिएका पाश्तुन क्षेत्रहरूमा सत्तामा आएपछि शान्ति–सुरक्षा पुनर्स्थापित गर्ने र शरिया कानुन लागु गर्ने वाचा ग¥यो।तालिबानले दक्षिण–पश्चिमी अफगानिस्तानबाट छिट्टै आफ्नो प्रभाव विस्तार ग¥यो। सन् १९९५ को सेप्टेम्बरमा उनीहरूले इरानसँग सीमा जोडिएको हेरात प्रान्तमाथि कब्जा गरे।त्यसको ठिक एक वर्षपछि उनीहरूले राजधानी काबुलमा नियन्त्रण गर्दै राष्ट्रपति बुर्हानुद्दीन रब्बानीको सरकारलाई सत्ताच्युत गरे। अफगानिस्तानमा अमेरिकी नेतृत्वको फौजको कारबाहीले सन् २००१ मा तालिबानलाई सत्ताच्युत गरे पनि त्यसयता सो समूहले क्रमशः शक्ति सञ्चय गर्दै गयो र फेरि अफगान भूभागमा आफ्नो नियन्त्रण कायम गरिरहेको छ । विभिन्न न्यूज एजेन्सीको सहयोगमा
