IMG-LOGO

नेपाली कांग्रेस नै अवैधानिक हुने खतरा कांग्रेसमा महाधिवेशनको महाभारत

 मंगल, सावन २६, २०७८  ----

     नेपाली कांग्रेस पार्टी कै  वैधानिकतामै प्रश्न उठ्ने  खतरा बढेको छ ।  विधानबमोजिम चार वर्षमा हुनु पर्ने केन्द्रिय महाधिवेशन हुन् नसके पछि  यो खतरा आएको हो ।  गत साल एक वर्ष थपेता पनि  नेपाली कांग्रेसले संविधानको सहारामा अर्को छ महिना अवधि बढाएको थियो । भदौ १६ देखि  हुने भनिएको महाधिवेशन अहिले अनिश्चित बनेको छ।  कांग्रेसले महाधिवेशन गर्न नसक्ने भई कांग्रेसलाई “निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा“ पार्टी सभापति शेरबहादुर देउवाले पुर्‍याइएको  आरोप सोमवार बिहानै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक सञ्जाल फेसबुकमा तीखो टिप्पणी गरेका थिए  ।

        पूर्वनिर्धारित मिति भदौ १६ मा नेपाली कांग्रेसको १४ औं महाधिवेशन नहुने पक्काजस्तै भएपछि कांग्रेस वैधता जोगाउने उपायको खोजीमा जुटेको छ । पार्टीको महाधिवेशन हरेक पाँच वर्षमा गर्नुपर्ने र महाधिवेशन हुन नसक्ने विशेष परिस्थितिमा थप ६ महीना म्याद थप्न सकिने व्यवस्था छ । १९ फागुनमा पाँच वर्षे अवधि गुजारेको कांग्रेसले थपिएको ६ महीने म्याद पनि भदौ १९ मा सकिंदै छ । संस्थापन इतरका कांग्रेस जिल्ला सभापतिहरुको भेला सोमबारबाट काठमाडौंमा शुरु भएको छ । सो भेलानिणर्ायक नै काभ्रे कांग्रेसका  जिल्ला सभापति मधु आचार्यले छन्।  उनले काभ्रे टाइम्सलाई भने ‘पार्टीको वैधता हामी सबै सदस्यको लागि सबैभन्दा प्रिय हो । यसमाथि केन्द्रीय नेतृत्वले खेलवाड गर्न पाउँदैन । वैधानिकतामै प्रश्न उठ्ने हदसम्म पार्टीलाई पुर्‍याउनु केन्द्रीय नेतृत्वको हेलचेक्राइ हो ।’ आचार्यका अनुसार भेलामा मुख्य गरी चार वटा विषय (क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन, सरकारका काम र आगामी चुनाव) मा केन्द्रित रहेर छलफल हुने छ । भेलामा निम्न विषयमा छलफल हुने आचार्यले जानकारी दिए ।

१. क्रियाशील सदस्यता विवाद

     पार्टीको क्रियाशील सदस्यता अपारदर्शी ढंगबाट वितरण गरिएको छ । यो एकदमै केन्द्रिकृत गरेर, आग्रह पूर्वाग्रह राखेर क्रियाशील सदस्यता निर्धारण गरिएको छ । त्यो पनि अत्यन्त गुपचुपमा गरिएको छ । पहिले वेबसाइटमा राखिएको विवरण पनि अहिले हटाइसकिएको छ । केही गलत भएर नै त्यसलाई लुकाउनका लागि वेबसाइटबाट पनि हटाइएको हो । वेबसाइटमा रहेको भए जिल्लामै बसेर पनि साथीहरुले आफूले पठाएअनुसार विवरण भए/नभएको, उजुरी, गुनासो सम्बोधन भए/नभएको थाहा पाउँथे । तर गुपचुप राख्नका लागि वेबसाइटबाटै हटाइएको छ । असन्तुष्ट साथीहरु, धर्ना अनशनमा बसिरहेका छन् । त्यसैले यही क्रियाशील सदस्यताको हिसाबले महाधिवेशन गर्न सकिने अवस्था छैन । क्रियाशील सदस्यताको सम्बन्धमा केन्द्रले के गरिरहेको छ, के सोचिरहेको छ भन्ने विषयमा हामीबीच पहिलो छलफल हुन्छ ।

२. १४ औं महाधिवेशन

     जतिखेर एकदम अनुकूल समय थियो, अप्ठेरो समय थिएन, त्यो बेलामा पार्टी नेतृत्वले महाधिवेशन गरेन । जबकी पार्टीको महासमिति बैठकमा पनि अहिलेदेखि नै कार्यतालिका बनाएर महाधिवेशनको तयारीमा जाऔं भनेर जिल्ला जिल्लाबाट आग्रह आउँदा पनि नेताहरुले सुनेनन् । अहिले आएर वैधानिकतामै प्रश्न उठ्ने हदसम्म पार्टीलाई पुर्याउनु भनेको केन्द्रीय नेतृत्वको हेलचेक्राइको पराकाष्ठा हो । पार्टीको वैधता हामी सबै सदस्यको लागि सबैभन्दा प्रिय हो । यसमाथि केन्द्रीय नेतृत्वले खेलवाड गर्न पाउँदैन । त्यसकारण पार्टीको विधान र मुलुकको संविधानको सीमाभित्र बसेर अधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने हाम्रो अर्को जोडदार आग्रह रहन्छ । पार्टीको विधान र मुलुकको संविधान हाम्रो राजनीतिक जीवनका महत्वपूणर् दस्तावेज हुन् । यी दस्तावेजलाई नाघेर जान कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीलाई सुहाउँदैन । त्यसकारण यो विषयमा पनि हामी छलफल गर्छौं ।

३.सरकारका काम

     अहिले हाम्रो पार्टीको नेतृत्वमा गठबन्धन सरकार छ । यो गठबन्धन सरकारको प्रभावकारिताको विषयमा छलफल हुन्छ । सरकारको परफमेन्स कसरी प्रभावकारी बनाउन सकिन्छ, कुन-कुन कुरामा विशेष ध्यान जानुपर्छ भन्ने विषयमा पनि हामी छलफल गर्छौं र हाम्रा सुझावहरु राख्छौं ।

४. आगामी चुनाव

     अब तीन तहका निर्वाचन थोरै समयको अन्तरालमा हुँदैछ । स्थानीय तहको निर्वाचन हुँदैन, प्रदेश सभाको हुँदैछ र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । एकदेखि डेढ वर्षको बीचमा यी तीनवटै कर्म सम्पन्न गर्नुछ । यी तीनवटै तहका निर्वाचनमा पार्टीको विजय प्राप्तिका लागि अपनाउने उपायबारे छलफल हुने छ । त्यसका लागि पहिलो सर्त पार्टीभित्रको हार्दिकतासहितको एकता हो । त्यो एकता निर्माण गर्नको लागि पहल गर्छौं ।

     कांग्रेसमा अहिले महाधिवेशनको महाभारत छ ।  यदि निर्वाचन आयोगलाई जरिबाना तिरेर केही समय महाधिवेशन तन्काउने कोसिस गरेमा त्यसले उसको प्रजातान्त्रिक तथा विधि मान्ने इतिहासमा दाग लाग्ने खतरा छ ।  निर्वाचन आयोगले केही समय दियो भने पनि कसैले यो विषयलाई लिएर अदालतमा मुद्दा हाल्यो भने त्यो छुट्टै निरूपणको विषय बन्न सक्छ र नेपाली कांग्रेस दल नै अबैधानिक हुने खतरा त्यत्तिकै छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्