IMG-LOGO

एमालेले वडा तहसम्म एमसीसीको विरोध गर्ने के हो एमसीसी सम्झौता

 मंगल, सावन १२, २०७८  टाइम्स विश्लेषक

       शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै  मिलेनियम च्यालेन्ज कर्पोरेशन अर्थात एमसीसी सम्झौताको विषयलाई लिएर नेपालमा चर्को राजनीति हुने भएको छ । उता अध्यक्ष केपी ओली प्रधानमन्त्री छँदा जसरी पनि एमसीसी पास गर्न कस्सिएको एमाले सरकारबाट बाहिरिएसँगै विरुद्धमा उभिने देखिएको छ । सोमबार च्यासलमा बसेको एमाले पार्टीको ललितपुर महानगर कमिटी बैठकमा अध्यक्ष मञ्जली शाक्यले वडा तहसम्म पुगेर एमसीसीको विरोध गर्ने बताएकी छन् । सत्तामा जाँदा एमसिसिको समर्थन र बाहिरिएपछि बिरोध गर्ने नेपाली राजनीति हो । 

       प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार एमसीसी पास गर्नैका लागि आएको दाबी गर्दै उनले वडा-वडामा कमिटी बनाएर सशक्त विरोध गर्ने उद्घोष गरिन् । उनले राष्ट्रिय राजनीतिमा एक्लिन परे पनि आफूहरुले सही एजेण्डा उठाएका कारण आत्तिनु नपर्ने भन्दै कार्यकर्तालाई आश्वस्त समेत पारेकी छन् । ‘हामी अहिले एक्लै छौँ । तपाईंहरु नआत्तिनु होला । हामीसँग एजेन्डा छन्,अवश्य सफल हुनेछौं’, उनले भनिन् । एमालेमा शाक्य रामबहादुर थापा समूहकी हुन् । गृहमन्त्री हुँदा थापासमेत एमसीसीको विपक्षमा उभिएका थिए । नेकपाको विभाजन र प्रतिनिधिसभा विघटन हुनुमा एमसीसी सम्झौतालाई समेत एउटा महत्वपूणर् कारण मान्ने गरिएको छ । सम्झौतालाई लिएर पार्टीमा विवाद हुँदा तत्कालीन नेकपाले अध्ययन कार्यदल नै बनाउनुपरेको थियो । कार्यदलले संशोधनसहित सम्झौता पारित गर्न पार्टीलाई सुझाव दिएको थियो । नेकपाको ९ सदस्यीय सचिवालयमा अध्यक्ष ओली र ईश्वर पोखरेलबाहेक सबै एमसीसीको विरुद्धमा थिए ।

के हो एमसीसी सम्झौता ?

       रानितिक बृतमा धेरै चर्चित बनेको एमसीसी आखिर के हो त ? विकासशील देशहरूलाई खासगरी ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्य लिएको एमसीसी परियोजना सन् २००४ मा अमेरिकी संसद्ले स्थापना गरेको हो । “मिलेनीयम च्यालेन्ज कर्पोरेशन एक नौलो र स्वतन्त्र अमेरिकी वैदेशिक सहायता निकाय हो जसले विश्वव्यापी गरिबी विरुद्धको लडाइँको अगुवाइ गर्न सघाइरहेको छ,“ एमसीसीको वेबसाइटमा उल्लेख छ । सन् २०१२ यता भएका श्रृङ्खलाबद्ध छलफलपछि सन् २०१७ मा तत्कालीन नेपाली काङ्ग्रेसको सरकार हुँदा वाशिंङ्टनमा दुई देशबीच एमसीसीमा सम्झौता भएको थियो । सन् २०१३ मा मन्त्रिपरिषद्को निणर्य मार्फत् एमसीसी कार्यान्वयन गर्ने निकायको रूपमा मिलेनीयम च्यालेन्ज अकाउन्ट नेपाल भन्ने निकाय गठन गरियो । जसको सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारको अर्थसचिव रहेका छन् ।

       साथै, यसै वर्ष सेप्टेम्बर २९ अर्थात् असोज १२ गते एमसीसीको कार्यक्रम कार्यान्वयन सहमतिमा काठमाण्डूमा हस्ताक्षर भएको थियो । एमसीसी सम्झौता संसद्बाट अनुमोदन लगाएर लागु गरिने भनिँदै आएता पनि चार वर्ष अर्थात यो संसदको आयु सकिन लाग्दा सम्म पनि संसदबाट पारित हुन् सकेको छैन । अमेरिकासँगको विशाल अनुदान अर्थात परियोजना अन्तर्गत पाँच वर्षमा अमेरिकाले करिब ५० कारोड अमेरिकी डलर अनुदान दिने छ भने नेपाल सरकारले १३ करोड अमेरिकी डलर लगानी गर्नु पर्ने छ । सम्झौता अनुसार सो रकम नेपालको पूर्वाधार विकासका लागि (विद्युत उत्पादन, सडक निर्माणमा विशेष लगानी हुने) खर्च हुन्छ । एमसीसी सम्झौतालाई प्रतिनिधिसभामा (संसदबाट) अनुमोदनका निम्ति दर्ता गरिएको चार वर्ष भइसकेको छ । एमाले ओली पक्षले एमसीसीको विरोध गरेपछि यसको भविष्य अन्योल हुने भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्