IMG-LOGO

के होला एमाले, फुट्ला कि जुट्ला ?

 सोम, सावन ४, २०७८  - टाइम्स विश्लेषक

    नेकपा एमाले सत्तापक्षबाट प्रतिपक्षमा पुगेको छ ? एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली २०७४ साल फागुन ३ गते सत्तारोहण गर्दा जति हाईहाई र उत्साह थियो । सत्ताबाट बहिर्गमन ज्यादै दःुखद र निराश भयो । हुन त केपी ओलीलाई बालुवाटार देखि बालकोट सम्म युथफोर्सले ३ हजार मोटरसाइकल र १ हजार गाडीको लावा-लस्कर सहित घरमा भित्र्याएर ओलीलाई बार्दलीबाट भाषण गर्न लगाएर युवाहरुले भाषण श्रवण गरेका थिए । आइतबार अचानक प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने निणर्य पछि नेकपा एमाले फुटको डिलमा पुगेको छ । एमालेका माधवकुमार नेपाल पक्षीय र केपी ओली पक्षीय केही सांसदले पनि शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि ’अब एमाले फुट्छ कि जुट्छ ?’ भन्ने विषयमा गाँउ, टोल देखि शहर बजारसम्म चर्चा सुरु भएको छ । 
    विश्वासको मतको पक्षमा एमालेका २२ जना सांसदले मत दिएका थिए भने नेपालपक्षीय ११ सांसद उक्त मतदानमा अनुपस्थित भएका थिए ।  २२ मध्ये ८ जना ओली पक्षका सांसद हुन् । ओलीपक्षीय नेताहरूले “देउवालाई मत दिनेहरू एमालेमा नरहने तर पार्टी एकता कामय रहने” बताएका छन्  भने नेपाल पक्षका नेताहरू “देउवालाई मत दिनेहरू पनि पार्टीमै रहने र एकता पनि कायम हुने” दाबी गर्छन् ।
    अन्तिम समयसम्म ओलीको पक्षमा रहेका तर आइतवार देउवालाई विश्वासको मत दिएका एक सांसदले “आफूले सर्वोच्च अदालतको आदेशको सम्मान गर्न” देउवालाई मत दिएको बताएका छन् । त्यस्तैमध्येका एकजना सांसद कृष्णकुमार श्रेष्ठ भन्छन्, “सर्वोच्च अदालतको फैसलाको सम्मान गरेको हो मैले । सर्वोच्च अदालतले विश्वासको मत दिने बेलासम्म कुनै ह्विप लाग्दैन भनेको छ । “अर्कोकुरा तनहुँ क्षेत्र नम्बर १ का जनताले पाँच वर्षका लागि मलाई चुनेर पठाएको हो, त्यसैले पटकपटक संसद् विघटन गर्ने र हिजो पनि मैले विश्वासको मत नहाल्दा संसद् बच्दैन भन्ने लागेर मैले मत हालेको हो।“ उनले विश्वासको मत हालेकै आधारमा पार्टीले आफूलाई कारबाही गर्न नसक्ने बताए ।
    उनले भने, “कि सर्वोच्चको फैसला मान्दिनँ भन्नुपर्‍यो, नेकपा एमाले ओली गुटले बुझ्नुभएन ? सर्वोच्च अदालतको फैसला मान्छु भनेपछि फैसला मान्या हो नि मैले पनि । त्यसमा मलाई पार्टीले कारबाही गर्छ, कर्के नजरले हेर्छ, आँखा चिम्लेर हेर्छ, घुर्छ यस्तोसँग म डराउने मान्छे होइन। “ हिजो संसदमा नबोलेका खड्गप्रसाद ओली सोमबार  हिहिही र ढ्याप ढ्यापेको जमातमा बोल्दै भने - ‘माओवादी अपराधकर्मबाट आएको पार्टी हो तर अहिले शिथिल छ’ । ‘एमाले चिचिलो कांक्रो जस्तो अरुले औंला ठड्याएर देखाउँदा झरेर जाने चिज होइन ’। ‘कांग्रेस सत्ताको दुरुपयोग गरेर एमालेमाथि हमला सुरु हुन सक्छ’ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्