IMG-LOGO

निर्वाचन आयोगप्रति सर्वत्र शंका सरकारको इसारामा निर्वाचन कार्यक्रम सार्वजनिक

 मंगल, असार २२, २०७८  -टाइम्स विश्लेषक

निर्वाचन आयोगले हिजो सोमबार निर्वाचन तालिका घोषणा गरेको छ  ।  प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेकै बेला निर्वाचन आयोगले सोमवार मध्यावधि चुनावका कार्यक्रम सार्वजनिक गरेकोमा प्रतिपक्ष नेपाली कांग्रेस लगायतका दलहरुले आपत्ति प्रकट गरेका छन् । सरकारको इसारामा निर्वाचन कार्यक्रम सार्वजनिक भए लगत्तै नेपालको राजनीतिले अर्को मोड लिएको छ  । नेपालको अवस्था यो साता निक्कै सकसपूणर् हुने विश्लेषण राजनीतिक विश्लेषकहरुको छ ।    
   हिजो सोमबार निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका जानकारी दिए अनुसार दुई चरणको निर्वाचन कार्यक्रममा उम्मेदवारी मनोनयन दर्तादेखि मतगणनासम्मका बुँदा समेटिएका छन् । दुवै निर्वाचन प्रणाली अर्थात् पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्सिर ३ गते नै शुरू गरिने आयोगको कार्यक्रममा उल्लेख छ । मन्त्रिपरिषद्को सिफारिसमा गत महिना राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै कार्तिक २६ गते पहिलो चरणको र मङ्सिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेकी थिइन् ।सरकारको कदम असंवैधानिक भन्दै सर्वोच्च अदातलमा दायर मुद्दामाथि सुनुवाइ अहिले अन्तिम चरणमा पुगेको छ ।
    यसअघि प्रतिनिधिसभा विघटनसम्बन्धी केपी शर्मा ओली सरकारकै निणर्यलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले संसदलाई २०७७ फागुन ११ गते  पुनःस्थापित गरिरिदएको थियो । निर्वाचन आयोगले असार ३१ गतेदेखि साउन १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको समय दिएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतको निणर्य आउनुअघि नै निर्वाचन कार्यक्रम सार्वजनिक गरिएकोमा हिजो आयोगले घोषणा गरेको निर्वाचन कार्यक्रमको  नेपाली काँग्रेसले आपत्ति जनाएको छ । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले निर्वाचन आयोगको भूमिका कामकारबाही निष्पक्ष हुन नसकेको टिप्पणी गरे । “सर्वोच्च अदालतको फैसलाको पूर्वसन्ध्यामा सरकारलाई मद्दत पुर्‍याउने खालको काम उचित भएन । यसले आयोग सरकारको प्रभावमा बढ्न चाहेको सङ्केत गरेको छ,“खाँणले थपे । निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुअघि विगतमा आयोगले राजनीतिक दलहरूसँग छलफल गर्ने गरेको भए पनि यसपालि त्यो परम्परालाई पनि लत्याइएको उनले टिप्पणी गरे ।
    यसअघि  निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेकाहरुलाई जिल्ला निर्वाचन कार्यालयमा गएर दर्ता गराउन आह्वान गरेको थियो  । मुलुकका ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावली संकलन भइरहेकाले मतदाता नामावली ऐन, २०७३ अनुसार योग्यता पुगेका नेपाली नागरिकले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन आह्वान गरेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्