काठमाडौँ उपत्यकाका सिडिओहरूको बैठकले असार १५ गतेदेखि २५ सिटभन्दा बढी क्षमताका सवारीसाधन सञ्चालन गर्न दिने निणर्य गरेको छ काभ्रेमा पनि सोही प्रकृतिको निणर्य भएसँगै यातायात व्यवसायी महासङ्घ र यातायात मजदुरहरूले आपत्ति जनाएका छन् । उसै त् कोरोना महामारी नियन्त्रण गर्न लकडाउन र निषेधाज्ञा हुँदा यातायात ब्यबसाय चौपट भएको छ। यातायात ब्यबसायीले बैंकबाट लिएको ऋणको किस्ता तिर्न सकेका छैन। लकडाउनको अवधिमा करोडौको घाटा भएको छ ।
सम्पन्न देशमा यातायातका साधन स्वास्थ्य मापदण्ड अपनाएर चलाएका छन् तर हाम्रो देशमा सरकारले लकडाउनका नाममा बस चलाउन दिएन । कोरोना बस अर्थात गाडीबाटसर्ने होइन, मान्छेको लापरबाहीबाट सर्ने हो ! स्वास्थ्य मापदण्ड पालना गराउन जरुरी छ गाडी भित्र यात्रुलाई भौतिक दुरी कायम गराउन र मक्सको प्रयोगमा राज्यले कडाई गर्नु पर्दछ ! लकडाउनले यातायात बयाबसायी मात्र होइन , यातायात मजदुरहरू दैनिक ज्यालादारीमा काम गर्ने मजदुर भएकाले लामो समयको लकडाउनका कारण उनीहरू आर्थिक मारमा परेका छन् । केही दिन अघि यातायात मजदुर सङ्गठनहरुले यातायात मन्त्री वसन्त नेम्वाङसँग भेट गरी मजदुरलाई राहत दिन, तत्काल सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउन र भाडा समायोजन गर्न माग गरे पनि सरकारले केही पनि वास्ता गरेन ।
यातायात व्यवसायी र मजदुर संघ-संगठनका प्रतिनिधिहरुले असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निणर्य एकांकी भएको भन्दै सच्याउन आग्रह गरेका छन् । उनीहरुले देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न मागको सुनुवाई नगरे आफुहरुले आगामी असार १८ गतेबाट देशभरका सम्पूणर् सार्वजनिक सवारी साधनहरु चलाउने घोषणा समेत गरेका छन् ।
यसैगरी काभ्रे जिल्ला भित्र सञ्चालन हुने सार्वजनिक सवारीहरु बनेपा केन्द्रविन्दु भई कुल सिट क्षमता भन्दा बढी यात्रु नराखी विहान ६ देखि साँझ ७ बजे सम्म जोर विजोर प्रणाली (जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बर) लागु गरी सञ्चालन गर्न पाइने उल्लेख छ । यस्तै ढुवानीका साधनहरु जिल्ला भित्र साँझ ५ बजे देखि विहान ८ बजेसम्म र जिल्ला बाहिर लैजानको लागि राति ९ बजे देखि विहान ५ बजेसम्म ढुवानी गर्न सकिने छ ।
कोरोना भाइरसबाट हुने सम्भावित संक्रमण नियन्त्रण र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेले गर्दै आएको निषेधाज्ञा केहि खुकुलो पार्दै असार १४ गते राती १२ बजेदेखि यहि असार २१ गते राति १२ बजे सम्मको लागि नयाँ आदेश जारी गरेको छ । उक्त समयमा अत्यावश्यक काम परी आवत जावत गर्दा स्वास्थ्यका मापदण्ड पूणर् रुपमा पालना गर्ने, भेला जुलुस सामुहिक क्रियाकलापहरु नगर्ने उल्लेख गरिएको छ । सरकारी कार्यालय, वित्तिय संंस्था, गैरसरकारी संस्था, सहकारी, विमा कम्पनिहरुले स्वास्थ्य मापदण्ड पालना गर्दै सेवा प्रवाह गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो । सुन पसल, फेन्सि, कस्मेटिक, गिफ्ट आइटम, टेलरीङ पसलहरु विहान १० देखि साझ ७ बजेसम्म, हार्डवेयर, विजुलिका पसल, कार्पेट पसलहरु विहान ६ देखि साझ ७बजेसम्म, खाद्यन्न, स्टेशनरी, प्रिटिङ प्रेस, डिपार्टमेन्टल स्टोरहरु विहान ६ देखि साँझ ७ बजे सम्म, होटल/रेष्टुरेन्टहरुले टेकअवे र होम डेलिभरी सेवा सञ्चालन गर्न पाइने छ ।
