IMG-LOGO

१ अर्व १५ करोड धुलिखेलको बजेट/ १ अर्व ६५ करोड पनौतीको बजेट

 मंगल, असार ८, २०७८     हरिनाथ न्यौपाने/रमेश न्यौपाने

    धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि १ अर्ब १५ करोड १५ लाखको बजेट प्रस्तुत गरेको छ । सोमबार धुलिखेल नगरपालिकाको नवौ नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठले समृद्ध र सुन्दर धुलिखेलको दीर्घकालीन सोच पुरा गर्नेतर्फ नगरपालिका प्रतिवद्ध रहेको उद्घोष गर्नुभयो । दिगो विकास लक्ष्यसँग सामन्जस्य हुने र सन् २०३० सम्ममा नेपाल सरकारले पुरा गर्न प्रतिवद्धता गरेको १७ वटा लक्ष्यहरुलाई सहयोग पुग्ने गरी नीति तथा कार्यहरु तय गरिएको जानकारी दिदै उहाँले स्वास्थ शहर अभियान, स्वास्थ्य विमा नगरको जिम्मा, निःशुल्क एम्बुलेन्स सेवा, विद्यार्थीसँग मेयर कार्यक्रम, उपमेयर सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम, टुहुरा संरक्षण कार्यक्रम, धुलिखेलको आवाज ः छुवाछुत मुक्त समाज, मेयर गरिवी निवारण कार्यक्रम, एक घर एक धारा, प्रत्येक वडामा (एक खेल मैदान एक पोखरी एक नर्सरी र एक बाल उद्यान), भ्(नयखभचलबलअभ जस्ता महत्वपूणर् अवधारणालाई निरन्तरता दिइने बताउनुभयो । पत्रकारीता क्षेत्रको प्रवद्र्धन, विकासका लागि सञ्चार क्षेत्र सम्बद्ध निकायहरुसँग समन्वय गरी सञ्चार मैत्री कार्यक्रम सञ्चालन गरी  मिडिया सेन्टरको स्थापना गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । त्यसैगरी नगर उपप्रमुख विमला कुमारी चौलागाई शर्माले चालु आर्थिक वर्ष २०७७/०७८ को समिक्षा प्रतिबेदन प्रस्तुत , आर्थिक विधेयक २०७८/०७९ र  विनियोजन विधेयक २०७८/०७९ टेबुल गर्दै कोरोना महामारीको समयमा नगरपालिकाले ५० वेडको अक्सिजन तथा चिकित्सक सहितको आईसोलेशन निर्माण गरी निःशुल्क सेवा दिइएको बताउनुभयो । कोरोना महामारीलाई ध्यान दिदै भौतिक दुरी, स्वास्थ्य मापदण्डलाई कायम राखि गरिएको नगरसभा कार्यक्रममा धुलिखेल नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेल, प्रेस संयोजक मोतिराम तिमल्सिना, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । सभाको दोश्रो बैठक यहि असार ११ गते बस्ने बताइएको छ ।
    यसैगरी ऐतिहासीक नगरी पनैती नगरपालिकाको ९ औँ नगरसभा हिजो सम्पन्न भयो । नगरपालिकाको आ.व. ०७८/०७९ को कुल बजेट १ अर्ब ६५ करोड ६६ लाख ३५ हजार रहेको छ । आन्तरिक आयबाट ३५ करोड१० लाख ४५ हजार राजश्व बाँडफाँडबाट १७ करोड ४९ लाख ७० हजार नेपाल सरकारको वित्तीय समिकरण अनुदानबाट १ करोड ८३ लाख २१ हजार, समपुरक अनुदान २ करोड ९८ लाख १२ हजार विशेष अनुदान ६० लाख, मौज्दात बाँकी ४५ करोड ३० लाख ३१ हजार, ऋण प्राप्ती ११ करोड७५ लाख प्रक्षेपण गरी बजेट निर्माण गरिएको छ । नगरप्रमुख भिम न्यौपानेले आ.व. ०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगर उपप्रमुख गिता बञ्जाराले बजेट प्रस्तुत गर्नुभयो । आ.व. ०७८/०७९ को चालु खर्च ७७ करोड ८० लाख ६१ हजार सम्म विनियोजित बजेटको ४६ दशमलब ९७ प्रतिशत हो । वित्तीय व्यवस्था ३० लाख, पूँजीगत खर्च पूर्वाधार तर्फ ८७ करोड ५५ लाख ७४ हजार अर्थात ५२ दशमलब ८५ प्रतिशत रहेको छ । पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि उद्यम विकास लगायतलाई बजेटको प्राथमिक कारणमा राखेको छ । कृषकहरुको हितको लागि विपन्न वर्गलाई आत्म निर्भरको बाटोमा लग्न उद्यम सिलताको विकास, आर्थिक शसक्तिकरण जस्ता कार्यक्रमहरुलाई समेटीएको छ । कृषकहरुलाई भैँसीको पाडी र बाख्रा वितरण कार्यक्रमलाई निरन्तरता दिइएको छ । ९ औँ नगरसभामा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी, नगरका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्