नेपाली कांग्रेसले आगामी भदौ १६ गते १९ सम्म काठमाडौंमा १४ औँ महाधिवेशन गर्नेगरी तयारीमा जुटेको छ । सोमबार कांग्रेसले थप ३३ जिल्लाको क्रियाशील सदस्यको नाम सार्वजनिक गरेको हो । कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले एक विज्ञप्ति जारी गर्दै जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराएको सफ्टवेयरमा नामावली इन्ट्री गरी ३३ जिल्लाका ६५ स्थानको नामावली सार्वजनिक गरेको हो । कांग्रेसले यसअघि १०१ स्थानको विवरण सार्वजनिक गरिसकेको छ । कांग्रेसले अहिले सार्वजनिक गरेको र यसअघि सार्वजनिक भएको नामावलीमा उजुरी, गुनासो वा सुझाव भए दिन पनि भनेको छ । सार्वजनिक नामबारे उजुरी दिने समय असार ६ गतेसम्मलाई तोकिएको छ ।
पछिलो जानकारी अनुसार नेपाली कांग्रेसमा क्रियाशील सदस्यता संख्या ८ लाख नाघेको छ ।काभ्रेमा २१ हजारको हाराहारीमा क्रियाशील सदस्यहरु हुनु पर्नेमा १८ हजार पुग्ने अनुमान रहेको कुरा नेपाली कांग्रेस काभ्रेका प्रवक्ता महेशर पौडेलले बताए । पौडेलका अनुशार पनौतीका पाँच वडा ( वडा नं १,२,३,११ र १२ ) को क्रियाशिल सदस्यताको फाराम अहिले सम्म नबुझाएको बताए ।
भदौमा हुने १४ औं महाधिवेशनका लागि १० लाख क्रियाशील सदस्य बनाउने कांग्रेसको लक्ष्य छ । काभ्रे लगायत सप्तरी, बारामा, मात्रै बाँकी रहेकोले यी जिल्लाका पूणर् विवरण आइसकेको छैन । यी बाहेक अन्य जिल्लामा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम करिब सकिएर विवरण नै सफ्टवेयरमा इन्ट्री भइसकेको छ ।
यीमध्ये सप्तरी, बारा र सिन्धुपाल्चोकमा नयाँ वितरण र नवीकरणका काम केही बाँकी छन्, केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका सचिव केशव रिजालले भने, ‘अन्य ठाउँमा करिब काम टुंग्याएका छौं ।’ अहिलेसम्म ८ लाख तीन सय १७ जना क्रियाशील सदस्यको विवरण केन्द्रमा आइसकेको सचिव रिजालले जानकारी दिए । क्रियाशीलबारे चित्त नबुझेमा उजुरी दिन सकिने व्यवस्था कांग्रेसले गरेकोमा अहिलेसम्म एक हजार दुई सय उजुरी परेका छन् । कांग्रेसले क्रियाशीलको नाम पार्टीको वेवसाइटमा राखेको छ । नियमविपरीत कसैले क्रियाशील लिएको भए असार ६ गतेभित्र उजुरी दिइसक्न भनिएको छ । यस्तै कांग्रेसले पार्टी महाधिवेशन एक साता सार्ने प्रस्ताव गरेको छ । पदाधिकारीबीच महाधिवेशन पर धकेल्न सहमति भइसके पनि केन्द्रीय समितिले यसबारे निणर्य गरिसकेको छैन ।
आगामी बिहीबार यसबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक राखेको छ । भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका भए पनि अब भदौ १६-१९ सम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव छ । कोरोना महामारीले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम गर्न नसकिएकोले महाधिवेशन पर धकेल्नु परेको कांग्रेस नेताहरूले बताएका छन् ।
कांग्रेसले असार ६ देखि वडा अधिवेशन गर्ने भनेकोमा एक महिना पर धकेल्न लागिएको छ । अधिवेशनका लागि मतदाता हुने क्रियाशील सदस्ता नै टुंग्याउन ढिला हुँदा अधिवेशन प्रभावित बनेको हो ।
महाधिवेशनको प्रस्तावित कार्यतालिका
ड्ड गाउँ/नगर वडा अधिवेशनः २०७८ साउन ६ गते ।
ड्ड गाउँ/नगरपालिका अधिवेशनः साउन ११ गते ।
ड्ड प्रदेश सभा क्षेत्रीय अधिवेशनः साउन १६ गते ।
ड्ड प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनः साउन २० गते ।
ड्ड एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनः साउन २४ गते ।
ड्ड प्रदेश अधिवेशनः भदौ १ र २ गते ।
ड्ड केन्द्रीय महाधिवशेनः भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा
