IMG-LOGO

ओलीको प्रस्ताव माधव पक्षलाई अमान्य

 मंगल, जेठ २५, २०७८  ---

    प्रधानमन्त्री एवम् एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आइतवार नेकपा एमालेको माधव नेपाल समूहलाई पार्टी एकताका लागि गरेको आह्वानलाई जालझेलपूणर् भन्दै अस्वीकार गरेको छ ।  ओलीको प्रस्तावमा पार्टी ३ जेठ २०७५ फर्कन प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा हालेको रिटबाट २३ एमाले नेताको हस्ताक्षर फिर्ता गर्नु पर्ने सर्त राखेका थिए । त्यसलाई नेपाल पक्षको सोमबारको बैठकमा अधिकांश नेताले प्रतिनिधिसभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनबाट पछि हट्न नहुने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेका योगेश भट्टराईले ओलीको वक्तव्यलाई स्वागत गरेका थिए भने केही नेताले भने पार्टी एकताको लागि २०७५ जेठ ३ अघिको अवस्थामा ओली फर्किसकेकाले एकताको विपक्षमा उभिन नहुने धारणा बैठकमा राखेको बताइएको छ । यस विषयमा माधव नेपालले ओलीलाई लिखित रूपमा जवाफ फर्काउने समझदारी बैठकमा भएको समाचार छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्