IMG-LOGO

छोरी,बुहारी सतर्क बनौ    निर्मला पन्तको हत्या बिर्साउने भागरथी भट्टको हत्या

 मंगल, माघ २७, २०७७  ---

तीन बर्ष अघि सुदूरपश्चिम नेपालकी १३ बर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो अपराधी अझै पत्ता लागेको छैन। यसैबीच त्यो घटना जस्तै अर्की किशोरी भागरथी भट्टको पनि शव भेटिएको छ । उनको पनि बलात्कारपछि हत्या भएको आशङ्का छ। नेपालमा बर्षेनी कयौ  किशोरीको बलात्कार संगै  हत्याको श्रृङ्खला रोकिएको छैन । जब सम्म सरकारले बलात्कारीलाई फासिको सजाय हुने कानुन ल्याउदैन त्यतिबेलासम्म हाम्रा छोरी बुहारीहरू सुरक्षित हुने छैनन्  । सत्तामा रहेका शासकको सत्तामा टिकिरहने चिन्ता छ । प्रहरी प्रशासनले नागरिकको सुरक्षा गर्न सकिरहेको छैन । अपराध मानसिकता भएका अपराधीहरु  हाम्रा छोरी बुहारी माथि गिद्दे दृष्टि लगाइरहेका छन्  । यस्तो बेला छोरी बुहारी झनै सतर्क हुन् आवश्यक छ ।
    बैतडी जिल्ला सिर्कोटस्थित सनातन धर्म माविमा पढ्ने दोगडाकेदार गाउँपालिका(७ (कतोला) चडेपानीकी १७ बर्षिया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या भएको छ । स्कुल र प्रहरी चौकीनजिकै मृत भेटिएकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि प्रहरीले गरेको छ। पाँच दिनसम्म प्रहरीले कुनै ‘क्लु’ पाएको छैन भने  यो समाचार लेख्दा सम्म परिवारजनले शव बुझ्न मानेका छैनन्। घटना थाहा पाएको दिनदेखि उनकी आमाको आँखामा आँसु ओभाएको छैन। लबलेक सामुदायिक वनमा बनमारा झाडीमा उनको सव हेर्न नसकिने अवस्थामा फेला फरेको थियो ।भागरथीको निकै बीभत्स किसिमले हत्या गरिएको थियो ।
      बिभिन्न संचारमाध्यामले उल्लेख गरे अनुसार  भागरथीको सव देख्दा निर्मला पन्तको हत्या प्रकरण र प्रकृति दुवै घटना उस्तै हो जस्तो जो सुकैलाई लाग्छ । २०७५ साउन १० गते साथीको घरमा पढ्न गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखु बारीमा शव भेटिएको थियो । एकपछि अर्का यस्ता बीभत्स हत्याहरु देख्दा सुन्दा नेपाल सभ्य मानवबस्ति नभएर  नर्क भएको हो ? न्याय कहाँ गएपछि पाइन्छ? सभ्य मानवहरु यस्ता प्रश्न गरिरहेका छन । अहिले  भागरथी भट्टको  गाउँ आक्रोशित छ, बैतडीको दोगडाकेदार गाउँपालिकाका सबै विद्यालय बन्द गरेर विद्यार्थी आन्दोलनमा छन् । तर, प्रहरीले चार दिनसम्म अपराधीको सुइँकोसमेत लगाउन सकेको छैनन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्