IMG-LOGO

कम्युनिष्टहरु सत्ता र सरकार चलाउन असक्षम

 मंगल, माघ २०, २०७७  ः– भण्डारी


पूर्व वनमन्त्री ,नेपाली कांग्रेसका केन्द्रीय
सदस्य तथा तरुण दल विभाग प्रमुख
शंकर भण्डारीले सर्वोच्च अदालतको
फैसला कांग्रेसलाई मान्य हुने बताउनु
भएको छ । नेपाल तरुण दल काभ्रेद्वारा
आयोजीत वृहत विरोध प्रदर्शनी एवं
¥याली कार्यक्रमलाई बनेपा तिनदोवाटोमा
सम्वोधन गर्दै नेता भण्डारीले
कम्युनिष्टहरुले सत्ता, सरकार चलाउन
असक्षम भएको भन्दै केपी ओली
नेतृत्वको सरकारले गरेको असंवैधानिक
निर्णयको विरोध गर्नुभयो ।
उहाँले दलाल, भ्रष्टाचारमा
लिप्त रहेको सरकारबाट लोकतन्त्र
खतरामा परेको उल्लेख गर्दै राष्ट्रियता
लोकतन्त्रलाई बचाउन कांग्रेसलाई
बहुमतका साथ जिताउनु हुन आवहान
गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय
सदस्य शिव प्रसाद हुमागाइले नेकपाको
सरकारले जनतालाई भ्रममा पार्दै
जनताको अभिमतको अबमुल्यन गरेको
आरोप लगाउनु भयो । विकासको
अग्रबाटोमा लैजाने आस्वाशन दिएको
केपी ओली नेतृत्वको नेकपाको सरकारले
राज्यसत्ताको दुरुपयोग गर्दै आफै
आन्दोलनमा जानु लज्जास्पद भएको
टिप्पणी गर्नुभयो । नेपाली कांग्रेस काभ्रेका
सभापति मधुप्रसाद आचार्यले नेकपा
नेतृत्वको अल्पबुद्धि, अल्पज्ञानका कारण
जनताले दुख पाउँदै आएको बताउनुभयो ।
कांग्रेस पार्टी गरेर खाने, कम्युनिष्ट जस्तो
चोरेर नखाने भन्दै उहाँले नेकपाको
दादागिरी प्रति बेलैमा खबरदारी नगरे
मनोवल बढ्दै जाने उल्लेख गर्नुभयो । पूर्व
सांसद कञ्चन चन्द्र बादे, तिर्थ लामा,
ललिता किङ्रिङ, अग्रज नेता इन्द्रमणी
अधिकारी, कांग्रेस काभ्रेका सचिव दिनेश
लामा, नेपाल महिला संघ काभ्रेकी
सभापति शुभलक्ष्मी मानन्धर, नेपाल
दलित संघ काभ्रेका अध्यक्ष उत्सव
सुनार, आदीवासी जनजाति महासंघ
काभ्रेका अध्यक्ष रोशन तामाङ र भुपु
सैनिक संघ काभ्रेका अध्यक्ष इन्द्र बहादुर
दाहाल लगायतले मन्तव्य राख्नु भएको
थियो । कार्यक्रममा कांग्रेसका भातृ एवं
शुभेच्छुक संघ संस्थाका प्रमुख,
प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
गोदामचोकबाट सुरु भएको ¥याली
तिनदोबाटोमा पुगेर कोणसभामा परिणत
भएको थियो । नेपाल तरण दल काभ्रेका
सभापति दावा लामाको सभापतित्वमा
सम्पन्न भएको कार्यक्रममा नेकपा
परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने
युवाहरुलाई प्रमुख अतिथि लगायतले
स्वागत गर्नुभएको थियो । सोमबार संसद
विघटनको विरोधमा नेपाली कांग्रेसका
सबै भातृ संगठनहरुले ७७ वटै जिल्लामा
संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।
यही माघ १३ गते बसेको कांग्रेस केन्द्रीय
समितिको बैठकले तेस्रो चरणको
आन्दोलनका कार्यक्रम सार्वजनिक
गरेको थियो । आन्दोलनका
कार्यक्रमअनुसार २४ गते शुभेच्छुक
संगठनले प्रदर्शन गर्नेछन् । यसैगरी फागुन
३ गते जिल्ला कार्यसमितिले ७७
जिल्लामा प्रदर्शन र सभाहरु गर्ने नेपाली
कांग्रेसले जनाएको छ । नेपाल विद्यार्थी
संघ काभ्रेका अध्यक्ष नृपेश वादे, नेपाल
तरुणदल बनेपा नगर समितिका
सभापतिका सभापति शुधिर वैद्य र काभ्रे
व. क्याम्पस स्ववियु सभापति युगेश्वर
कायस्थले विद्यार्थी संगठनको नेतृत्व
गरेका थिए ।
तरुण दल बनपो नगरसमितिले
भने तरुण युवाहरुको जमातबाट
माटेरसाइकल ¥याली सहित छट्टुै जलुसु
पद्र शर्न गररे बनपोकोतीनदाबे ाटामो विसजर्न
गरके ोथियो। नपोल कागं से्र सम्बद्ध विद्यार्थी
सगं ठन, दलित, जनजाति सघं हरु लगायतका
१० सगं ठनहरुलेविराधे पद्र शर्न मा सहभागिता
जनाएका थिए । प्रदर्शनमा प्रधानमन्त्री केपी
शर्मा ओलीको विरुद्धमा चर्का नारा
लगायका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्