IMG-LOGO

भैँसी संरक्षण र सम्वद्र्धनका लागि पाडी वितरण

 मंगल, पौष ७, २०७७   हरिनाथ न्यौपाने

  पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको अभिमतलाई नमान्ने हो भने नेकपालाई गाह्रो हुने बताउनु भएको छ । पनौती नगरपालिकाले वडा नं १२ कलाँति भूमिडाँडामा भैँसी संरक्षण र संवद्र्धन अभियान अन्तर्गत पाडी वितरण कार्यक्रमको शनिवार शुभारम्भ गर्दै बाँस्कोटाले भागबण्डा खोज्ने र अंशबण्डामा यदुवंशी चरित्र नेकपाबाटै भएको उल्लेख गर्दै अहिले नेकपालाई दशा लागेको बताउनुभयो । राष्ट्रिय तथा शाखा राजमार्गमा समेत बनेपा-पनौती-खोपासी सडकको विवरण उल्लेख नभएर निर्माणमा समस्या भएको भन्दै उहाँले राष्ट्रिय राजमार्गको सूचिमा राखि अर्को बर्ष हुने मकर मेलासम्म सडक कालोपत्रे हुने उल्लेख गर्नुभयो । पूर्व सांसद रामहरी सुवेदीले विकास तत्कालै सबैमा पुर्‍याउन असम्भब भएकोले आलोपालो विकासका पूर्वाधार थपिदै लैजानु नेपालीको बाध्यता भएको बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश सांसद बसुन्धरा हँुमागाईले काभ्रेली जनताको आकांक्षा बमोजीम कार्यक्रम ल्याइएको तर पर्याप्त बजेट छुट्याउन नसकिएको समेत स्वीकार्नुभयो । पनौती नगरपालिकाका नगरप्रमुख भिम न्यौपानेले कृषि र पशुपालनलाई प्राथमिकतामा राख्दै आएको नगरले वडा नं १, २ र १२ लाई भैँसी पालनको पकेट क्षेत्र, वडा नं ३, ८ र १० लाई गाई पालनको पकेट क्षेत्र, वडा नं ६, ९ र ११ लाई बाख्रा पालनको पकेट क्षेत्र, वडा नं ४, ५ र ७ लाई तरकारी खेतीको पकेट क्षेत्र निर्धारण गरी कार्य गरिरहेको जानकारी दिनुभयो । पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्लेले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पनौती नगरपालिका कृषी तथा पशुपन्छी शाखा प्रमुख मणि प्रसाद सापकोटाले गर्नुभयो । कार्यक्रममा बागमती प्रदेशका सांसद चन्द्र लामा, पनौती नगरपालिका उपप्रमुख गीता बन्जारा, पशुपन्छी प्रवद्र्धन तथा आनुवांशिक स्रोत संरक्षण निर्देशनालयका निर्देशक डा. लोकनाथ पौडेल, पशुपन्छी प्रवद्र्धन तथा आनुवांशिक स्रोत संरक्षण निर्देशनालयका पशु विकास अधिकृत डा. किरण पाण्डे, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. रामप्रकाश प्रधान, पनौती नगरपालिका वडा नं १ का वडाअध्यक्ष गुणनाथ सापकोटा, वडा नं २ का पुरुषोत्तम अधिकारी, वडा नं ३ का किशोर थापा, वडा नं ७ का रामचन्द्र.नास्ननी, वडा नं १२ का  इश्वरराज जङ्गम, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिना, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका प्रमुख डा. मोगलप्रसाद शाह, पनौती नगरपालिकाका प्राविधिक समिति संयोजक बरिष्ठ पशु चिकित्सक दिलिप कुमार देउजा, सदस्य डा. गणेश बञ्जारा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका पशु विकास अधिकृत राजकुमार हुमागाई, जनप्रतिनिधिहरु, पनौती नगरका कृषि तथा पशु प्राविधिकहरु, किसान एवं सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । 
    पनौती नगरपालिकाले कृषि तथा पशुपन्छी विकासका लागि माग र आवश्यकताका आधारमा विभिन्न कार्यक्रमहरु प्राथमिकताका साथ सञ्चालन गर्दै आएको कृषि तथा पशुपन्छी शाखा प्रमुख मणी प्रसाद सापकोटाले जानकारी दिनुभयो । जस अन्तरगत भैँसीको तथ्यांक संकलन, पकेट क्षेत्र निर्धारण, भैँसी सुत्केरी भत्ता वितरण, पाडापाडीको जन्मदर्ता, गोठ सुधारका लागि अनुदान, पशु विमाको प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदान, घासका विउ वितरण, प्रविधि हस्तान्तरण, भेटेनरी सेवा निरन्तर रुपमा अगाडी बढाई रहेको छ । हाल नगरक्षेत्र भित्रमा ७१७६ भैँसीको संख्या रहेको, दैनिक ४५ हजार लिटर दूध निकासि गर्न सफल रहेको, बर्षेनी ३ करोड भन्दा बढी रकम बाहिर पठाउन रोकेको भन्दै नगरको भैँसी संरक्षण र संबद्र्धन अभियान सफल भएको नगरपालिकाले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्