IMG-LOGO

नेपाली कांग्रेसको १५ औं महाधिवेशन जारी

 मंगल, असोज २०, २०८३  टाइम्स टिम

    नेपाली कांग्रेसको महाधिवेशन आइतबार देखि शुरु भएको छ । भव्यरूपमा खुल्लामंचमा शुरु भएको यो महाधिवेशनले नेपाली कांग्रेसलाई थप उर्जा दिनेछ । कारण फेरि पनि नेपाली कांग्रेसमा गगनकुमार थापा निर्विरोध र निर्विकल्प सभापति हुने निश्चित छ । गत माघमा विषेश महाधिवेशनबाट सभापति भएका गगन क्रेज नेपाली कांग्रेसमा छ । त्यसैले अब को यो महाधिवेशन पछि गगन थापा नेपाली कांग्रेसको सभापति मात्रै होइन नेपाली राजनीतिमा आशा र भरोसाले हेरेका नेता हुन । 
कांग्रेस केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने
    कांग्रेस केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने भएको छ । काठमाडौंमा जारी १५औं महाधिवेशनको बन्द सत्रले कार्यसमितिको आकार बढाउँदै १६४ बाट २९७ सदस्यीय पु¥याउने निर्णय गरेको हो । नयाँ कार्यसमितिमा सभापतिपछि एक वरिष्ठ उपसभापति रहनेछन् । यसबाहेक थप ४ उपसभापति हुनेछन् । ४ उपसभापतिमध्ये १ महिला, १ समावेशी र २ खुला हुनेछन् । यस्तै सहमहामन्त्रीको संख्या १५ पु¥याइएको छ । त्यसमध्ये ११ निर्वचित र ४ मनोनित हुनेछन् । निर्वाचितमध्ये ८ वटा क्लस्टरबाट, १ अल्पसंख्यक, २ खुलाबाट हुनेछन् । सबै क्लस्टरबाट सदस्यको संख्या पनि बढाइएको छ ।
    परम्परागत कार्यशैलीबाट गुज्रिरहेको सत्तारुढ दल नेपाली कांग्रेसले अब पार्टीलाई पूर्ण रूपमा डिजिटल र पेपरलेस बनाउने घोषणा गरेको छ । महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार पार्टीको कमजोर आर्थिक अवस्था सुधार्न र सङ्गठनलाई आधुनिक बनाउन कांग्रेसले प्रविधिमैत्री ‘डिजिटल कांग्रेस’ को अवधारणा अघि सारेको हो ।
८ लाख सदस्यको डाटाबेस र एआईको प्रयोग
    प्रतिवेदनअनुसार कांग्रेसले हालसम्म करिब ८ लाख क्रियाशील सदस्यहरूको डिजिटल डाटाबेस तयार पारिसकेको छ । कांग्रेसलाई पेपरलेस डिजिटलाइज स्वरूपमा रूपान्तरण गर्न सुरुवात गरिएको श्रेष्ठको प्रतिवेदनमा उल्लेख छ । अब १० लाख कार्यकर्तालाई एकैसाथ सूचना प्रवाह गर्न सामाजिक सञ्जाल र एआईमा समेत अग्रसरताका साथ लाग्ने घोषणा समेत गरिएको छ । 

काभ्रेबाट को को केन्द्रीय सदस्य लड्दैछन् ?

        नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा काभ्रेबाट गणेश लामा, तिर्थ लामा, महेश खरेल, निर्मला श्रेष्ठ, उस्पार विश्वकर्मा सहित ५ जना केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गणेश लामा यस अघि १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य रहेका थिए । तिर्थ लामा जिल्ला सभापति, त्यस्तैगरी महेश खरेल काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ को क्षेत्रीय सभापति भइ जिम्मेवारी समालेर आएका हु्न् । अपाङ्ग कोटाबाट महिला नेतृ निर्मला श्रेष्ठ र दलित संघ काभ्रेका नेता ३५ वर्ष उमेर मुनीको युवा समूहबाट उस्पारले उम्मेदवारी दिने घोषणा गरेका छन् । काभ्रे जिल्लाबाट ७० जना महाधिवेशन प्रतिनिधिले भाग लिएको जनाएको छ ।
उप–सभापतिमा मधु आचार्यको चर्चा
        नेपाली कांग्रेसका नेता कुशल बैचारिक नेतृत्व मधु आचार्य १५ औं महाधिवेशनमा उप–सभापति वा महामन्त्रीमा उठ्ने चर्चा चलेको छ । १४ महाधिवेशनमा आचार्य केन्द्रीय सदस्य भइ जिम्मेवारी समाल्दै आएका हुन् । असोज २० गते १० बजेदेखि ३ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका रहेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्